logo
  • शुक्रबार, असोज ९ २०८३

एनआरएनए कतारको सह-कोषाध्यक्षमा आचार्य निर्वाचीत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार साउन १३।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि सह-कोषाध्यक्ष पदमा गुल्मीका झविन्द्र आचार्य निर्वाचित भएका छन् ।

सह-कोषाध्यक्ष पदका लागि २ जनाको उम्मेद्बारी परेकोमा आचार्यले निकटतम प्रतिद्वन्दी पदम बहादुर रानाभाटलाई ९९२ मतले पराजित गरेका हुन् । आचार्यले ३२९६ मत ल्याउँदा रेग्मीले २३०४ मत प्राप्त गरेका थिए ।

डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप्सबाट मतदान गराइएको थियो भने सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए । नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजे मतदान प्रक्रिया सकिएको थियो ।

लामो समयदेखि समाज सेवामा लागेका आचार्य व्यवसाय गर्दै आएका छन भने उनि गुल्मी सेवा समाज कतारका वरिष्ठ सल्लाहकार समेत हुन । आचार्य कतारमा गुल्मी यातायातको नामबाट पनि परिचित छन ।

कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा निर्वाचित भएपश्चात आचार्यले नेपाली श्रमिकका हक, हितका लागि आगामी दिनहरुमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

गैरआवासीय नेपाली संघका विभिन्न अभियानलाई पुर्णता दिन, थप उर्जा प्रदान गर्न र पछिल्लो चरणामा संघमा देखिएको बिबादास्पद कोषलाई समाधान तथा मजबुत बनाउनको लागि पनि आफूले भुमिका खेल्ने जनाएका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend