साझा नेटवर्क
साझा नेटवर्क, कतार साउन १३।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको दशौ महाधिवेशनबाट २०२३-२०२५ कार्यकालका लागि कोषाध्यक्ष पदमा गुल्मीका बुद्ध पाण्डे निर्वाचित भएका छन् । कोषाध्यक्ष पदको लागि ३ जनाको उम्मेद्बारी परेकोमा पाण्डेले निकटतम प्रतिद्वन्दी सन्तोष रेग्मीलाई ७९९ मतले पराजित गरेका हुन् । पाण्डेले ३१०९ मत ल्याउँदा रेग्मीले २३१० मत प्राप्त गरेका थिए भने अर्का प्रतिद्वन्दी सुदर्शन भन्डारीले जम्मा १८३ मत प्राप्त गरेका हुन ।
डिजिटल प्रबिधीबाट पहिलो पटक एनआरएन कतारले (स्मार्ट एनआरएनए ) एप्सबाट मतदान गराइएको थियो भने सो निर्वाचनमा विभिन्न ४० पदमा ७५ जनाले प्रतिस्पर्धा गरिरहेका थिए । नेपाली समय अनुसार बिहीबार बिहान ९ बजेबाट शुरु भएको मतदान प्रक्रियामा शुक्रबार राति १२ बजे मतदान प्रक्रिया सकिएको थियो ।
कतारमा कार्यरत नेपाली श्रमिकहरुको अभिभाकत्व निभाइरहेको साझा संस्थामा रहेर नेपाली श्रमिकका हक, हितका काम गर्ने चाहना पूरा हुने भएको पाण्डे बताउछन । सामाजिक क्षेत्रमा क्रियाशील रहँदै आएका पाण्डे हाल गुल्मी सेवा समाज कतारका प्रमुख संरक्षक साथै लुम्बिनी प्रदेश समन्वय परिषद कतारका वर्तमान अध्यक्ष हुन् । उनले बचेको समयलाई समाज सेवामा समर्पित गर्दै आएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend