logo
  • शुक्रबार, असोज ९ २०८३

७ पटक म्याद थप्दापनि कालोपत्रे भएन सडक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, साउन १२ ।
गुल्मीमा ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दापनि  तम्घास खाम्सेपानी नयाँगाउ नादी सूर्यटारी सडकखण्ड कालोपत्रे हुन सकेको छैन । निर्माण व्यवसायीले पटक-पटक ठेक्का सम्झौता गर्ने तर काम नगर्ने हुँदा यहाँको सडक झण्डै ३ किलो मिटर सडक कालोपत्रे हुनबाट बञ्चित भएको हो ।

यो सडकमा निर्माण कार्य खण्ड-खण्ड रुपमा भइरँदा जनता आक्रोसित हुनु परेको स्थानीय रोमबहादुर गुरुङले बताए । उनले भने, ‘ एउटा सडकको ७ पटकसम्म निर्माण सम्पन्न गर्ने म्याद थप्दा समेत काम हुन सकेको छैन । जसले गर्दा हामी स्थानीयहरूलाई रिस उठ्न थालेको छ। कति पटक सडक बनाउँछौं भनेर ढाट्‍ने ? यो त अति भयो । ‘

सडकको सुरुको खण्ड तम्घास खाम्सेपानी अन्तर्गत सुपा खोलासम्म साढे दुई किलोमिटर कालोपत्रे हुन नसकेको हो । अर्को खण्डको तीन किलोमिटर ३ वर्ष अघि नै कालोपत्रे भएको थियो । निर्मार्ण व्यवसायीले पटकपटक ठेक्का सम्पन्न गर्ने म्याद थप्ने तर काम पुरा नगर्दा सडक समयमै निर्माण हुन सकेको छैन्। व्यवसायीले अन्तिम पटक भन्दै २०८० साल असारसम्मको म्याद थप गरेको थियो ।

यो समयमा पनि कालोपत्रे गर्ने काम कुनै पनि भएको छैन । सडकको २०७१ साल असार ३१ गते साम्झौता भई २०७२ साल चैत्र ३० गते सम्पन्न गर्ने गरी लोहोनी एण्ड ब्रर्दश प्रालि चितवनले सम्झौता गरेको थियो । तर, निर्माण व्यवसायिले समयमै काम गर्न नसक्दा त्यसक्षेत्रका नागरीकले सास्ती खेप्नु परेको हो ।

सडकको तम्घासदेखि खाम्सेपानी अन्तरगत सुपाखोलासम्म साढे दुई किलोमिटर सडक कालोपत्रे गर्ने गरि ७ करोड १९ लाख ८७ हजार ७० रुपैया लागतमा निर्माणको जिम्मा दिइएको थियो । सडक कालोपत्रे नहुदा त्यस स्थानका नागरिकले महङ्गो भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । झण्डै ९ वर्षसम्म सडक अलपत्र हुँदा निर्माण व्यवसायीलाई काम पूरा गर्न पहल नभएको स्थानीय मुमाराम पाण्डेले बताए ।

उनले भने, यतिका समयसम्म पनि कालोपत्रे गर्ने जिम्मा लिँदा काम गर्न नसक्नु दु:खको कुरा हो । लामो समयसम्म सडक कालोपत्रे गर्ने कार्य नहुँदा त्यस भेगका नागरिकले गुहार पाएका छैनन । उनका अनुसार सडक अलपत्र हुँदा त्यस स्थानका नागरिकहरु बर्खायाममा हिलाम्मै र हिउँदमा धुलाम्मै सडकमा यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।

‘कालोपत्रे गर्ने गरि सडकको नाली र ग्राभेल गर्ने काम गरिएको थियो । तर अहिले ग्राभेल गरेको बिभिन्न ठाउँमा भत्कीदै गएको छ,’ उनी भन्छन्, ‘कलिपय स्थानल घाँसले झाँडी र सडक भत्कीदै गएपछि सडक साँघुरो हुँदै गएको छ । सडक सुरुमा पाल्पा सडक डिभिजन कार्यालय हुँदै, तम्घास सिमलटारी प्यूठान सडक, सडक पूर्वाधार विकास कार्यालय शिवपुर कपिलवस्तु हुँदै अहिले सडक पूर्वाधार विकास कार्यालय गुल्मीले सडक निर्माण कार्य हेर्दै आएको छ ।

सडकको अहिले भौतिक प्रगति ९० प्रतिशत, वित्तिय प्रगती ७६ प्रतिशत भएको सडक पूर्वाधार विकास कार्यालय गुल्मीले जनाएको छ । यता, सडकको बेस निर्माण र कालो पत्रे काम बाँकी रहेको सडक पूर्वधार विकास कार्यालय गुल्मीका प्रमुख सचित्तानन्द चौधरीले बताए ।

उनले निर्माण व्यवसायीलाई पटक-पटक ताकेता गर्दा पनि कुनै पनि काम हुन नसकेको बताए । उनले भने, ‘निर्माण व्यवसायिले असारमा आएर केही दिन काम गरेझै गर्ने र म्याद थप्न गर्ने गर्दै आएको छ । यस वर्ष पनि काम हुन नसकेपछि निर्माण व्यवसायीले म्याद थप्नका लागि निबेदन दिएको छ ।’

निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न नसकेपछि कार्यालय पटकपटक बैंक ग्यारेन्टी तान्नका लागि पत्र पनि काटेर चौधरीले बताए । अब यसपछी पनि काम सम्पन्न हुन नसके ठेक्का सम्झौता तोड्ने कार्यालयले जनाएको छ । यो सडक हुँदै रेसुङ्गा, धुर्कोट, मदाने गाउँपालिकाका नागरिकलाई प्रत्यक्ष लाभाम्भित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend