logo
  • शुक्रबार, असोज ९ २०८३

एनएमबि बैंक भलवारी शाखामा मेहन्दी कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, बुटवल साउन ११।
एनएमबि बैंक भलवारी शाखाले महिला दिदीबहिनीहरुको लागि श्रावण मेहन्दी कार्यक्रम सम्पन्न गरेकोछ । पवित्र श्रावण महिनामा महिला दिदिबहिनीलाइ मेहन्दी लगाउने कार्यक्रम गरिएको एनएमबि बैंक भलवारी शाखा प्रबन्धक सिता भुसाल जानकारी गराउनुभयो । भलवारी शाखा एनएमबि बैंक लुम्बिनी प्रदेश अन्तरगत महिला कर्मचारीहरु मात्र कार्यरत रहेको शाखा हो ।

नारीहरुले विषेश रुपमा श्रावण महिनालाइ लिने गरेकोले भलवारी क्षेत्रका आम महिला ग्राहक महानुभावलाइ मेहन्दी लगाउने कार्यक्रम गरिएको शाखा प्रबन्धक भुसालले बताउनु भयो। श्रावण महिना भरी नेपाली महिला दिदीबहिनीहरु सौभाग्यको लागि हात खुट्टामा मेहन्दी लगाउने, हरियो पहेलो रंगको बस्त्र धारण गर्ने, हरियो पहेलो रंगको चुरा लगाउने , सोमबार बर्त बस्ने गर्दछ्न।

एनएमबि बैंकले श्रावण महिनाभरी लुम्बिनी प्रदेश लगायत देशभरका सबै प्रदेशका क्षेत्र अनुसार समेट्ने गरि छनौट गरिएका शाखाहरुबाट मेहन्दी कार्यक्रम गरिरहेको छ । एनएमबि बैंकले विभिन्न सुबिधाहरु रहेको महिला दिदीबहिनीहरुको लागि स्मार्ट नारी बचत खाता यस अधि नै संचालनमा ल्याएको छ ।

एनएमबि बैंक विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क”वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर नेपाल प्राप्त गरि सकेकेको छ । एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend