logo
  • शुक्रबार, असोज ९ २०८३

 समाजसेवी बुद्बबल गुरुङ्ग अनेश सँग आवद्ध


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

ध्रुब क्षेत्री, कतार, ९  श्रावण ।  नेपाल समाजवादी  पार्टी नेपालको प्रवास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार (INSQ )  को  मासिक  बैठक  तथा प्रशिक्षण  एवम् स्वागत कार्यक्रम  सम्पन्न भएको छ । अन्तरास्ट्रिय नेपाली समाज कतारका अधक्ष्य राजाराम शाहीको अध्यक्ष्यतामा सल्लहाकार , पदाधिकारी तथा कार्यसमिति सदस्याहरुको उल्लेखनीय उपस्थितिमा संगठनको प्रशिक्षण तथा आगामी  संगठनको कार्य योजना बारे प्रस्टाइएको थियो ।
उक्त बैठकमा कतारका चिरपरिचित समासेबी तथा पुर्ब NRNA – NCC  कतारका महासचिब बुदबल गुरुङ संगठनमा आवद्ध हुनु भएको छ  ।  श्री गुरुङलाइ संगठनका अधक्ष्य राजाराम शाही ,उपाधक्ष्यहरु रामजी सुबेदी ,टिकाराम गुरुङ , राम सुनार , प्रमुख सल्लाहाकार भरत परियार, सचिब मनोज दाहाल लगाएतले  खादा लगाएर स्वागत गर्नु भएको थियो ।
उक्त अवसरमा संगठनमा  ध्रुविकृत हुनुभएका गुरुङ्गले  आफुले  लामो समय समाजसेवामा काम गरेको र समाजकै हितमा काम गरेको भएपनि भावी दिनहरुमा बैचारिक तथा राजनीतिक  ज्ञान प्राप्त गर्न तथा देशको हितमा अझै काम गर्ने अवसरका  लागि राजनीतिमा नै आवद्व हुन आत्माले चाएको भन्दै उहाँले आफ़ुले  केही समयको  अध्यान पश्चात  डा बाबुराम भटराई ले नेतृत्व  गरेको नेपाल समाजवादी पार्टीको बिचार र आफ्नो बिचार  मेल खाएकाले नै यहाँ प्रवासमा उक्त पार्टीको भात्री संगठनमा आवद्व हुन पुगेको बताउनु भयो ।
साथै उहाँले आफु  राजनीतिमा नयाँ भएपनि अबका दिनमा  अझै अध्यान गरेर संगठन र पाटीका हितमा लाग्ने र अन्यसाथिहरुलाई पनि आवद्व  हुन प्रोत्साहित  गर्ने धारणा ब्यक्त गर्नुभएको थियो  ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend