logo
  • शनिबार, साउन ३० २०८३

नवोदितको १५औ अधिवेशन सम्पन्न, अध्यक्षमा भण्डारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

दर्शन सुनार, कतार असार ३०।
नवोदित साहित्यक वाचनलय कतारको १५ औं अधिबेशन सम्पन्न भएको छ । नबोदितका अध्यक्ष रूप रसाइली (पुछारे घरे)को सभापतित्वमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथिमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार शाखाका अध्यक्ष मणि पौडेल रहेका थिए । कार्यक्रममा विभिन्न बैचारिक, साहित्यक, जिल्ला, पत्रकार लगायतका संघ-संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो ।

सोहि अधिबेशनबाट अध्यक्षमा नारायण भण्डारी निर्विरोध निर्वाचित भएका छ्न । प्रथम उपाध्यक्ष- लिलानाथ घिमिरे, दितिय उपाध्यक्ष सानु थपलिया,मोबाइल पुस्तकालय संयोजक- सोम थापा, महासचिव – शोभाराम ओलि, सचीव – शिव सुवेदी,कोषाध्यक्ष – धर्म सन्देश र सह कोषाध्यक्षमा- खिम पुन रहेका छ्न । सदस्यहरुमा बिनोद अधिकारी, अनवर अलि र सुरेश परियार “आभाष” गरि गरि ११ जनाको नयाँ कार्यसमिति बनेको हो । निर्वाचन संयोजक नेपाल पत्रकार महासंघ कतार शाखाका उपाध्यक्ष दिल कुमार श्रेष्ठले पद तथा तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

कार्यक्रममा बाँसुरी वाधक ख्याम प्रसाद भट्टराईको बासुरी धुन सङ्गै कतारका चार साहित्यकार कविहरू : खेमराज सुवेदी र लिला नाथ घिमिरे,मुक्तककार शोभाराम ओलि र अनवर अलिले पालैपालो साहित्यक रचनाहरु, मुक्तक, कविता वाचन गरेका थिए ।आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्तीको अवसरमा वहाँको फोटोमा माल्यार्पण गर्दै अगाडि बढेको कार्यक्रममा भानुभक्तको जिवनी बारे सानू थपलियाले पढेर सुनाएका थिए ।

कार्यक्रममा नवोदित साहित्यिक वाचनालय कतारका पुर्व अध्यक्ष गजलकार टिका खड्का राष्ट्रप्रेमीलाई दोसल्ला ओढाएर सम्मान प्रकट गरिएको थियो । त्यस्तै चारैजना साहित्यकार हरुलाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो ।सातौ नबोदीत कृति अवार्डमा (शुलभ ) लाई नवोदित साहित्यक वाचनलय कतारले हरेक वर्ष प्रदान गर्ने “नबोदीत कृति अवार्ड” यो वर्ष (शुलभले) जित्न सफल भएको छ ।

लेखक रमजान अलि मियाको मैले देखेको कतार, दिप मिलनको सलेदो, एनबि अन्जानको मौसम र शाेभाराम ओलिको शुलभ गरि ४ पुस्तकको सहभागीता रहेको थियो । शुलभका लेखक ओलिलाई नगद पुरस्कार, ट्रफी र प्रमाण पत्रका साथ सम्मानित गरिएको थियो ।

संयोजक रेगिस्तानी कवि तिर्थ सङ्गम राई,संस्थाका सल्लाहकार तथा साहित्यकार प्रेम प्रसाद भट्टराई र सिताराम थापा सम्मीलित निर्णयक समितिले घनीभुत रुपमा अध्यन तथा छलफल गरेको र, पुरस्कारको गरिमामयलाई बचाइ राख्न (शुलभ) नै उत्कृष्ट पुस्तक रहेको संयोजक राइको जिकिर थियो ।

लेखक रमजान अलि मियाको मैले देखेको कतार दिप मिलनको सेलोदो, एनबी अन्जानको मौसम र शोभाराम ओलीको सुलभ गरि ४ पुस्तकको सहभागिता रहेको थियो सुलभका लेखक ओलीलाई नगर पुरुस्कार र ट्रफी र प्रमाणपत्रका साथ सम्मानित गरिएको थियो ।

उपाध्यक्ष नारायण भन्डारिको स्वागत मन्तव्य,महासचिव सोम थापाले सहजीकरण गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले कार्यक्रम एकदमै फरक पृथक बनेको बताउदै कवि, साहित्यकार, सर्जकहरु समाज रुपान्तरणको लागि ज्योति छर्ने, चेतना भर्ने कार्य अत्यन्तै सह्रानीय भएको बताए । आउने नयाँ कार्यसमिति अझै पृथक बनोस भन्दै आफ्ना भनाइ हरु राखेका थिए ।

आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ति समारोह, नवोदित साहित्यक वाचनलय कतारको १५ औं अधिबेशन,सातौ नवोदित कृति अवार्ड २०८०, स्रस्टा सम्मान, नवोदित – अनेसासको साहित्यक वाचन श्रूङखला अन्तर्गत १३६ औं डवलि तथा चार साहित्यकारहरुका बिशेष रचना वाचन कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरिएको थियो ।

कार्यक्रममा सभापति रसाइलीले नेपाली भाषा र साहित्यका कविहरु साधकहरु लगायत उपस्थित भएर कार्यक्रम सफल तुल्याउन हौसला प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend