साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी असार २५ ।
नवलपरासीमा मोटरसाइकलको सकर प्रहार गरी एक जनाको हत्या भएको छ । आईतवार रामग्राम नगरपालिका वडा नं.१० मंझरिया बस्ने तेजनारायण चौधरीको श्रीमती अन्दाजी २५/२६ बर्षिया मिरा चौधरीलाई जग्गाको विषयलाई लिएर वादविवाद झै-झगडा हुदा आफ्नै देवर २७ वर्षिया चन्दन चौधरीले मोटरसाईकलको सकरले टाउकोमा प्रहार गरेका थिए ।
घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल परासी ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज भैरहवा रुपन्देही पठाईएको थियो।
टाउकोमा गम्भिर चोट लागी घाइतेको गएराती भैरहवा स्थित मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक किशोर आचार्य सहित ७ जनाको टोली खटाईएको छ ।
हत्या गर्ने ब्यक्ति प्रहरीको नियन्त्रणमा रहेको र घटनाको बिषयमा प्रारम्भिक अनुसन्धान पूरा गरि म्याद थपको लागि सम्मानित अदालतमा पठाउने कार्य भरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend