साझा नेटवर्क
साझा नेटवर्क,काठमाण्डु असार २४ ।
सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको हो ।
बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा उनी पक्राउ परेको सीआईबी उच्च स्रोतले जानकारी दिएको छ । राउत भौतिक मन्त्रालयमा शाखा अधिकृत रहेको समयमा ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप लागेको छ ।
प्रहरीले आजै पूर्व नापी अधिकृत ध्रुव अर्याल र समरजंग कम्पनीका प्रमुख लोकहरि घिमिरेलाई पक्राउ गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend