logo
  • शुक्रबार, असोज ९ २०८३

गैरनागरिक अंकितले नागरिकताको आडमा लाखौंलाख राजस्व छल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

भारतीय नागरिक अमृत अग्रवाल, उनका छोरा अंकित अग्रवाल र छोरी स्मृति अग्रवालको नागरिकता सन्दर्भमा समाचार प्रकाशमा आए पनि हालसम्म जिल्ला प्रशासन कार्यालय पर्साको मौनताले अनेक किसिमको शंका उपशंका उब्जाएको छ । भारतको राजस्थान निवासी अमृत अग्रवालले केही वर्ष मुज्जफरपुरमा बास गरी करिब २०६० सालमा नेपाल छिरेको उनका निकटवर्तीहरु बताउछन् ।

२०६० सालमा नेपाल छिरेका अमृत अग्रवाल २०६३ सालको टोलीमा साविक वीरगंज नगरपालिका वडा नं. १३ मा जन्म भएको झुठो विवरण देखाई नेपाली नागरिकता हात पार्न सफल भएका हुन् ।

उनको नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२-११५३ रहेको छ । अमृतले आफ्ना छोरा अंकित अग्रवाल र छोरी स्मृति अग्रवालको पनि नेपाली नागरिकता २०६५-३-१९ गते बनाउन सफल भएका छन् । अंकितको नेपाली नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२-४०२३ र स्मृतिको ३४१०२२-४०२३ रहेको छ । नेपाली नागरिकताको आडमा आईटी प्लाजा नामक कम्प्यूटर पसल खोली आन्तरिक राजस्व कार्यालयको सेटिङ्गमा नेपाल सरकारको मासिक लाखौं लाख कर छलिरहेका अग्रवालले आफुलाई नियमनकारी निकायले केही गर्न नसक्ने ठोकुवा गर्दै हिडेका छन् ।

अग्रवालले विशेष गरी चाईनाबाट उत्पादित कम्प्यूटर, ल्यापटप लगायतको सामग्रीहरु विक्री गर्ने गरेपनि भारतको रक्सौलबाट कम्प्यूटर, ल्यापटपका पार्टपुर्जाहरु तस्करी धन्दाको माध्यमले दैनिक लाखौं लाखको भित्रियाउने गरेको बताईन्छ । वीरगंजको कम्प्यूटर पसलहरु मध्ये थोक तथा खुद्रा विक्री र राजस्व छल्नमा प्रथम रहेको अग्रवालको आसेपासेहरु बताउदंछन् ।

आईटी प्लाजा नामक कम्प्यूटर पसलमा कुनै बेला गाडी चोरको नामले चर्चा कमाएका नौनित अग्रवालको साझेदारी रहेको छ । गैरनागरिक अमृत र अंकित अग्रवालले नौनितकै विशेष संरक्षणमा वैध–अवैध कार्य गर्दै आएका छन् । भारतबाट खाली लोटा लिएर आएका अमृत र अंकितले प्रशासनलाई झुक्याई नेपाली नागरिकता लिएको सन्दर्भमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सँग मोबाईल फोन सम्पर्क गरी प्रतिक्रया लिन खोज्दा उनको मोबाईल रिसिभ हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend