logo
  • शुक्रबार, असोज ९ २०८३

लुम्बिनीका दुई मन्त्रालयका नाम फेरिए


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

शिवलाल सुवेदी,वुटवल असार १३ ।

लुम्बिनी प्रदेश सरकारले दुई मन्त्रालयको नाम फेरेको छ । बुधवार बसेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको नाम परिवर्तन गरेर गृह मन्त्रालय र आर्थिक मामिला मन्त्रालयको नाम परिवर्तन गरेर अर्थ मन्त्रालय बनाउने निर्णय गरेको लुम्बिनी सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री सन्तोष कुमार पाण्डेले जानकारी दिए ।

त्यस्तै वुधवारकाे मन्त्रीपरिषद बैठकले करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० को पहिलो संसोधन गर्ने निर्णय गरेको छ । बैठकले लुम्बिनी प्रदेशको स्वामित्वमा रहेको राप्ती प्रादेशिक अस्पताल तुल्सिपुरलाई २ सय बेडको अस्पताल बनाउने गरि कर्मचारी व्यवस्थापन (ओएनएम) को स्कृति प्रदान गर्ने निर्णय गरेको हाे । लुम्बिनी सरकाले आर्थिक वर्ष २०७८-७९को ससर्त अनुदान तर्फको दायित्व भुक्तानीको समेत स्वीकृत गरेको छ ।

सरकाले केहि दिन अगाडि दाङको दंगीशरण गाउँपालिकामा चट्याङ लागेर मुत्यु भएका दुई जना र बर्दियामा एक वर्ष अघि गोलि लागेर ज्यान गुमाएकी विद्यार्थी नविना थारुलाई प्रदेश सरकारको तर्फबाट जनही एक ∕एक लाख राहात रकम उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता पाण्डेले वताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend