logo
  • शुक्रबार, असोज ९ २०८३

सिटिजन बैंक परासी शाखाद्वारा विद्यार्थीहरुलाई पोशाक वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासी, असार ११ ।
सिटिजन बैंक परासी शाखाले विद्यार्थीहरुलाई पोशाक वितरण गरेको छ । जनता माध्यामिक विद्यालय रामग्राम १० लक्ष्मीपुरका कक्षा १ देखि कक्षा १० सम्मका गरिब जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको वैंकले जनाएको छ ।

समाजिक दायित्व अन्तर्गत जनता माध्यामिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई पेशाक वितरण गरेको सिटिजन वैंक परासी शाखाका प्रर्वन्धक मिना पाण्डेले बताउनुभयो ।

बैंकले नाफा मात्र कमाउने नभई समाजसेवा पनि गर्नपर्छ भन्ने भावनाले अभिप्रेरित भई पेशाक वितरण गरेको शाखा प्रर्वन्धक पाण्डेको भनाई छ । पेशाक वितरण कार्यक्रम रामग्राम नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष सुरेश यादवको अध्यक्षता तथा वैंकका शाखा प्रर्वन्द्धक मिना पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

विद्यालयका शिक्षक सुन्दर वस्यालको संचालनमा रहेको कार्यक्रममा अभिभावक तथा विद्याथीहरुको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend