logo
  • शुक्रबार, असोज ९ २०८३

चन्द्र निमाविमा व्यवस्थापन समिति गठन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार, गुल्मी असोज १०।
चन्द्र निम्न माध्यामिक विद्यालय दोहली ९ कोटकटेरी गुल्मीको विद्यालय व्यवस्थापन समिति गठन भएको छ।

शिक्षा विभागबाट पुराना समिति भंग गरी नयाँ प्रवधान अनुसार अर्को समिति गठन गर्ने निर्देशन संगै स्वतः अवैधानिक रहेको पुरानो समितिलाई अभिभावकहरुको भेलाले पिताम्वर भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

व्यवस्थापन समिति सदस्यहरुमा सुर्यबहादुर थापा, मनिकला बि.क., भिमकान्त खनाल, शिक्षक प्रतिनिधी खुमबहादुर थापा र सदस्य सचिव प्रधानध्यापक वावुराम खनाल रहेका छन् ।

कार्यक्रममा विद्यालयलाई कम्युटर हस्तान्तरण गरेर सहयोग गर्ने प्रधानध्यापक खनाललाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend