logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीमा सिनो खाने दलितलाई कारवाही गर्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

प्रेम सुनार,गुल्मी, असोज १०।
एकासौ सताबद्धिमा आई पुग्दा पनि गुल्मीको विकट गाविस ह्वाङ्गदीमा कतिपय दलित समुदायले सिनो खान नछाडे पछि त्यहाँको एक संगठनले कारवाही गर्ने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र निकट दलित संगठन नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदी गाउँ कमिटीले यस्तो निर्णय गरेको हो ।

सो संगठनका जिल्ला सदस्य तथा नेकपा माओवादी केन्द्र ह्वाङ्गदी गाउँ कमिटीका अध्यक्ष समेत रहेका तुलबहादुर बिश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको दलितहरुको भेलाले सिनो खाएको थाह पाएको पहिलो पटक पाँच हजार रुपैयाँ जरीवाना गर्ने दोश्रो पटक थाह पाए १० हजार र तेश्रो पटक थाह पाए प्रशासनमा उजुरी दिएर कार्वाही गराउने निर्णय गरिएको बताईएको छ।

कार्यक्रममा प्रमुख अतिथी बिश्वकर्माले दलित समुदाय एकताबद्ध नभए सम्म गलत संंस्कार र विकृति विसंगती हटाउन नकिने बताए । उनले दशै तिहार जस्ता चाड पर्वहरु भड्कीले गरी नमनाउने , जाँड रक्सी सेवनबाट झै झगडा र अन्य कुनै गलत कार्य निम्तिन सक्ने भएकोले त्यस प्रति हरेक परिवारका सदस्यहरु सचेत हुनु पर्ने सुझाव समेत दिएका थिए ।

डेढ सय घरधुरी दलित समुदाय रहेको ह्वाङ्गदीमा कतिपय दलितले गाईको मासु समेत खाने गरेको आरोप विगतमा लाग्ने गरे पनि अहिले त्यस्तो नरहेको र यहाँका दलित समुदायमा शिक्षा र सभ्यताको विकास समेत भएको अध्यक्ष बिश्वकर्माले बताए ।

आर्थिक अवस्था भने अझै पनि कमजोर रहेको बताउँदै उनले सरकारी निकायले आय आर्जन मुलक कार्यक्रममा जोड दिन आग्रह समेत गरे । नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा ह्वाङ्गदीकी उपाध्यक्ष विना बिश्वकर्माको अध्यक्षतामा वसेको भेलामा सचिव सोनु बिकको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend