logo
  • शुक्रबार, असोज ९ २०८३

गौमुखीमा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

जोगिन्द्र मल्ल,प्युठान असार ७ ।

गौमुखी गाउँपालिकाको आयोजनामा विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न  भएको छ । सम्पन्न कार्यशालामा गौमुखी गाउँपालिकामा हुने बिपदलाई कसरी  न्यूनीकरण गर्न सकिन्छ भनेर ८ वटा कलस्टरको विषयमा समिक्षा गरिएको थियो ।

तत्काल उद्दार ,राहत र पुनः स्थापना लगायतको क्षेत्रमा चासो दिनु पर्ने सहभागीहरुको भनाइ थियो । सो कार्यशाला गोष्ठीमा प्युठानका प्रमुख जिल्लाका अधिकारी मदन कोइरालाले गाउँपालिका स्तरमा बिपद बाट हुने समस्या समाधानका लागि स्थानीय खट्नु पर्ने र स्थानीयहरु तत्काल उद्दारमा लाग्दा बिपद न्यूनीकरण समयमा समाधान हुने तथा बिपद सम्बन्धि योजना बनेमा बिपद कार्य गर्न सहज हुने बताउनु भयो। त्यसैगरि प्रमुख अतिथी जिल्ला समन्वय समिति प्युठानका उपप्रमुख दुर्गा रेग्मीले बिपद जति बेला नि आउन सक्ने भएकोले गौमुखी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको प्रायजसो गौमुखीमा चट्यांग,बाढी पहिरो र आगालागीले क्षती गर्ने हुँदा बिपद प्रतिकार्य योजना आबस्यक रहेको बताउनु भयो । कार्यक्रमको समापन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बिपद प्रतिकार्य योजना निर्माण भइ सके पछि काम गर्न सहज हुने गाउँ बस्तीमा बादी पहिरो आगालागी च्टयाङ्ग लगायत आपद बिपदमा र महामारी जस्ता कार्यमा सबैले हातेमालो सहकार्य समन्वय र सहयोग गर्नु पर्ने बताउनु भयो ।भने सो कार्यशाला गोष्ठीको सहजीकरण बिपद पुर्ब ब्यबस्थापन तथा प्रतिकार्य योजना निर्माणका बिज्ञ तथा पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले गर्नु भएको थियो । गोष्ठीको संचालन केशव के सि ले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend