logo
  • शुक्रबार, असोज ९ २०८३

रोल्पामा बलात्कार मुद्दाका फरार प्रतिवादी ३८ बर्ष पछि पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,रोल्पा असार ५ ।

रोल्पामा बलात्कार मुद्दाका फरार अभियुक्तलाई प्रहरीले ३८ बर्ष पछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गंगादेव गाउँपालिका ६ झारखोला निवासी ६२ वर्षीय सरजन राना क्षेत्री भन्ने सर्वजित राना रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएके छ ।

प्रहरीका अनुसार उनलाई असार १ गते त्रिवेणी गाउँपालिका ३ कोईलाबाट पक्राउ गरिएको हो । पक्राउ परेका अभियुक्तलाई रोल्पा जिल्ला अदालतले बि.स. २०४२ कार्तिक १९ गते जवरजस्ती करणी मुद्दामा दोसी ठहर गर्दै ३ बर्ष ३ महिना १८ दिन कैद सजायको फैसला गरेको थियो । त्यसपछी उनी फरार रहेका थिए ।

उनलाई कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय रोल्पामा पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend