साझा नेटवर्क
साझा नेटवर्क,दाङ असार ५ ।
दाङ प्रहरीले कीर्ते हस्ताक्षर गरी नागरिकता बनाएको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका (५ हथिया निवासी ५६ वर्षिय ज्ञानबहादुर विक,उनकी श्रीमती ५६ वर्षिय जोगिनी विक र नागरिकता लिने नाति १९ वर्षिय विवेक विक रहेका छन् ।
त्यस्तै जन्मदर्ता बनाउदा साक्षी बस्ने ५२ वर्षि सवित्रा कुमारी विश्वकर्मा, ३५ वर्षिय गौसरी बोहरा, ४६ वर्षिय बुद्धिमाया घर्ति, ३६ वर्षिय मन कुमारी घर्ति, १९ वर्षिय रमेश घर्ति पक्राउ परेका छन् । ज्ञान बहादुरले आफ्नो छोरीको छोरा विवेकलाई आफ्नै छोरा भनी कीर्ते हस्ताक्षर गरेर नागरिकता बनाइदिएको उजुरी जिल्ला प्रशासन कार्यालय दाङमा परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।
उनले गएको वैशाख २७ गते गाउँका पाँच जनालाई वडामा साक्षी बसाएर नातिलाई छोरा बनाइ जन्म दर्ता बनाएको प्रहरीको भनाइ छ । जन्मदर्ताको आधारमा विश्वकर्मालाई वडाले नागरिकताको लागि सिफारिस समेत दिएको थियो । त्यसपछि वैशाख २८ गते इलाका प्रशासन कार्यालय लमहीबाट सिफारिसका आधारमा विवेकले नागरिकता प्राप्त गरेका थिए ।
डीएसपी गौतमका अनुसार राजपुर गाउँपालिका टंक बहादुर विष्ट र वडा सचिव फरार रहेका छन् । पक्राउ परेका ८ जनालाई अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको उनले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend