logo
  • शुक्रबार, असोज ९ २०८३

भारतीय नागरिक अमृत र अंकित प्रशासनलाई झुक्याई नेपाली नागरिकता लिएको खुलासा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया, वीरगंज असार ४ ।
भारतीय नागरिक अमृत अग्रवालले प्रशासनलाई झुक्याई जन्मसिद्धको आधारमा नेपाली नागरिकता हात पार्न सफल भएका छन् । भारतको राजस्थान निवासी अमृतले केही वर्ष मुजफरपुर बसी व्यवसाय गर्ने उदेश्यले २०६० सालमा नेपाल छिरी बस्दै आएका थिए ।

अमृतले २०६३ सालको टोलीमा साविक वीरगंज नगरपालिका वडा नं. १३ मा जन्म भएको देखाई नागरिकता हात पारेका हुन् । उनको नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२/११५३ रहेको छ ।

यति मात्र कहां हो र, अमृतले आफ्ना छोरा अंकित अग्रवाल र छोरी स्मृति अग्रवालको पनि नेपाली नागरिकता २०६५/३/१९ गते बनाउन सफल भएका छन् । अंकितको नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२/४०२३ र स्मृतिको ३४१०२२/४०२३ रहेको छ ।

नेपाली नागरिकताको आडमा आईटी प्लाजा नामक पसल खोली नेपाल सरकारको मासिक लाखौं लाख राजस्व छलिरहेका अंकितले राजस्व तथा प्रहरी प्रशासन कार्यालयलाई दिनदहाडै चुनौती दिदै आएको उनका निकटवर्तीहरु बताउंदछन् ।

गैरनागरिकहरुको कारण वीरगंज लगायत आसपासका जग्गाहरुको भाउ बढीरहेको कारण स्थानियहरु त्रसित बनेका छन् ।

खाली लोटा लिएर आएका अमृतले नेपाल सरकारको राजस्व छल्दा उनलाई राजस्वमारा अग्रवाल भनेर उनका केही निकटवर्तीहरुले बोलाउने गरेको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend