logo
  • शुक्रबार, असोज ९ २०८३

अग्लुङमा दलित जेष्ठ नागरिकलाई सम्मान


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी असार ३ ।

मदाने गाउँपालिका वडा नम्बर १ अग्लुङ गुल्मीले ७५ बर्ष भन्दा माथिका दलित जेष्ठ नागरिकहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर उपाध्यक्ष सरिता खडकाको उपस्थितमा २५ जना दलित जेष्ठ नागरिकहरुलाई दैनिक प्रयाेगमा आउने चरेसकाे थाल तथा दाेसल्ला ओडाएर सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुशील चन्दले “जेष्ठ नागरिकमा अनुभवकाे ठुलो भन्डार रहेको र उहाँहरुबाट नयाँ पुस्ताले धेरै कुरा सिक्न सक्ने बताए ।

केहि समय अगाडि मात्रै वडाले अग्लुङ भित्रका जेष्ठ नागरिक सम्मान,बुहारी सम्मान,स्वास्थ्य स्यंमसेविका सम्मान,शिक्षक तथा उत्कृष्ट विध्यार्थीहरुलाई समेत सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend