logo
  • शुक्रबार, असोज ९ २०८३

पौडी खेल्ने क्रममा तिनाउ नदिमा डुबेर युवकको मृत्यु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

बुटवल, असार २ ।
तिनाउ नदीमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा पर्ने तिनाउ खोलाको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका–७ घर भएका १८ वर्षीय अभिषेक परियारको मृत्यु भएको हो ।

अभिषेक रुपन्देहीको तिलोत्तमा–३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका थिए । शनिबार दिउँसो पौडी खेल्न भन्दै तिनाउ खोलाको ड्याममा गएका परियार अचानक खोलामा डुबेर वेपत्ता भएका थिए ।

परियारलाई दोभान प्रहरी चौकीका प्रहरीले उद्दार गरी लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

उक्त स्थानमा यसअघि पनि पटक पटक पौडी खेल्ने क्रममा डुबेर मानिसको ज्यान जाने गरेपनि त्यहां जान रोक लगाउने विषयमा सम्बन्धित निकायको ध्यान पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend