logo
  • शुक्रबार, असोज ९ २०८३

उच्च अदालतद्वारा हर्क साम्पाङ विरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

विराटनगर, जेठ ३१ । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका प्रमुख हर्क सम्पाङविरुद्ध दायर रिटमाथि अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

धरान खानेपानी बोर्डको सदस्यमात्र रहेका साम्पाङले नियमविपरीत अध्यक्षसरह काम गर्दै आएको भन्दै दायर रिटमाथि उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । यद्यपी धरान खानेपानी बोर्ड अध्यक्षविहीन रहेको छ ।

हर्कविरुद्ध खानेपानी बोर्डका सदस्य विजय श्रेष्ठलगायतले खानेपानी बोर्डको बैठक नबोलाई हर्कले एकलौटी रुपमा काम गरेको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले दुवै पक्षलाई छलफलका लागि जेठ ३२ गते बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend