logo
  • शुक्रबार, असोज ९ २०८३

बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबा सुरुङ मार्गको काम सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क ,बुटवल जेष्ठ ३१ । एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । त्यसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सुरु गरेको हो ।

निर्माण क्षेत्र दोभानमा कार्यालय स्थापना, बुटवलको गोलपार्कबाट ११ केभीको विद्युत लैजाने काम, तीब्र गतिले अगाडि बढेको छ । ट्रान्सर्फमर राखिएको छ भनेतान्ने काम धमाधम निर्माण कम्पनीले सुरु गरेको छ । २०२८ सालदेखि सवारी साधनको आवागमन हुन थालेको बुटवल–पाल्पा सडकको शिद्धबाबामा माथिबाट खस्ने पहिरोले बर्सेनि ठुला दुर्घटना निम्त्याउने गरेको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार सिद्धबाबा सडक खण्डमा पछिल्लो दशकमा ५० भन्दा बढी यात्रुले अकालमा ज्यान गुमाएका छन् । ट्राफिक प्रहरीका अनुसार हरेक वर्ष यात्रुले ज्यान गुमाउनु परेको छ । घाइते हुनेको संख्या पनि उल्लेख्य रहने गरेको छ । यो सडकमा अहिले दैनिक १००० देखि १५०० को हाराहारीमा सवारी साधन गुड्छन् ।

यो सडकखण्ड हुँदै सवारी साधन पाल्पा, स्याङ्जा, गुल्मी, पोखरा, बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ र अर्घाखाँची आवतजावत गर्छन् । करिब ३.५ किलोमिटर क्षेत्रमा पहिरोको त्रास रहने गर्दछ । पहिरोमा परेर अकालमै ज्यान जान थालेपछि सिद्धबाबामा सुरुङमार्गको आवश्यकता महसुससँगै सुरुङ मार्ग निर्माणका लागि ‘ग्लोबल टेन्डर’ सुरु भएको थियो अहिले निर्माण कार्य सुरु भएको हो । यो परियोजनाको लागत १० अर्ब रुपैयाँ अनुमान गरिएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरिसकेको छ । सुरुङको लम्बाई १ किलोमिटर १२६ मिटर रहने छ । सिद्धबाबामा पहिरो र जोखिम रोक्न विभिन्न विकल्प अगाडि सारिए पनि सफल नभएपछि अन्ततः सुरुङमार्गको काम अगाडि बढाएको प्राविधिकहरू बताउँछन् । स्वीस सरकार विकास सहयोगमार्फत सुरुङ मार्ग निर्माण सर्भे) गरिएको थियो । सुरुङ मार्ग ५ वर्षभित्र बन्ने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend