logo
  • शुक्रबार, असोज ९ २०८३

सँस्कृति संरक्षणमा जुट्दै जनप्रिय युवा क्लव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण बिसी , गुल्मी असोज ९।
बिजयादशमीको अवसर पारेर गुल्मीको हस्तिचौर गाविस बडा न ४ मा रहेको राष्ट्रिय जनप्रिय युवा क्वलले बृहत सराय नाँच कार्यक्रम गर्ने भएको छ । पुरातन सस्कृतिको सरक्षंणका लागी भन्दै क्लवले हस्तिचौरको बरारुखमा रहेको छत्र मन्दिरमा मन्दिर ब्यबस्थापन समिती र क्बलको सयोंजनमा सराय नाच गरिने भएको हो।

असोज २७ गते द्धवादशीका दिन उक्त मन्दिरमा सराय नाचको कार्यक्रम गरिने क्लबका सल्लाहकार आशिष कुवंरले बताए । यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आएको क्लवले यो बर्ष हराउदै गएको सराय नाचको सरक्षंण र प्रचारप्रसारका लागी गर्न लागिएको क्लवले जनाएको बताए।

स्थानिय तहमा रहेर क्लवले बिभिन्न रचनात्मक र अन्य चेतनामुलक सास्कृतिक कार्यक्रम गर्दै आएको छ। कार्यक्रमलाई सभ्य र भब्यरुपमा सफल पार्न आबाश्यक सहयोग सल्लाह सुझाव दिन सबैमा आग्रह गरेको छ।

त्यस्तै मन्दिरको सरक्षंण र कार्यक्रमको ब्यवस्थापनका लागी आर्थिक सहयोग गर्न पनि क्लवले अनुरोध गरेको छ । सस्कृतिको सरक्षंण सबैको साझा दायित्व रहेकाले जुनसुकै तबरबाट पनि सहयोग गर्न सकिने क्लवले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend