logo
  • शनिबार, असोज १० २०८३

यातायात व्यवस्था कार्यालय रुपन्देहीको दैनिकी कार्यमा ढिलासुस्ती


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क, बुटवल जेठ २७ ।
यातायात व्यवस्था कार्यालय रुपन्देहीको दैनिकी कार्यमा ढिलासुस्ती देखिएको छ । यातायात व्यवस्था कार्यलय सवारी चालक अनुमतिपत्र/लिखित परिक्षार्थीहरुको सेवा प्रती कार्यलयले पछिल्लो समय राजनीतिक खिचोलो कारण दैनिक कार्यहरुमा ढिलासुस्ती गरेको छ ।

जेष्ठ ११ देखि अहिलेसम्म कुनै अप्डेट गराएको छैन ।  गत २०८०/०२/२३ गते सूचना जारी गर्दै लिखित तथा प्रयोगात्मक परिक्षा सूचना सम्बन्धि स्थगित गरेको सूचना सार्वजनिक गर्दै पानी बिनाको माछा जस्तै ओभानो बन्न खोजेको देखिन्छ । तर भित्री रस्य अर्कै देखिन्छ वास्तविक कुनै स्रोत खुलाएको देखिदैन सर्वसाधारण जनताको जीवनमाथि खेलवाड गरेको देखिन्छ।

४० डिग्रीको चर्को घाममा लाइनमा बसेर राज्य लाई कर बुझाएर प्रक्रिया पूरा गरि अनुमतिपत्र लिनको लागि सर्वसाधारणको ताती देखिन्छ तर राजनीतिकको आपसी बाड्फाड कारण सेवाग्राहीमा पर्न गएको असुबिधाजनक सेवा प्रती खै त राज्यले अनुसरण गरेको यहि हो ? त राज्यको सुशासन सोधपुछ गर्दा प्रशासकीय हाकिम सरुवा भएकोले उहाँको कार्य कक्षामा कुनै प्रमुखको नियुक्त नभएको उहाँले कुनै कार्यवाहक नदिई गएको कर्मचारी बताउछन् ।

राजनीतिक खिचतानिका कारणले सेवाग्राहीले राज्यबाट पाउनु पर्ने सुबिधाको सामना गर्नु परेको छ ? खै त राज्यको ध्यानाकर्षण भएको दैनिकी सवारी चालकको अनुमतिपत्रको लागि ५०० सय देखि १००० जनासम्म लाइन बस्न बाध्य छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend