logo
  • शनिबार, असोज १० २०८३

यु डब्लु एस नेपालद्वारा सञ्चालित पाँचदिने अभियानमुलक कार्यक्रम समापन


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कृष्ण भट्टराई, गुल्मी जेठ २६ ।
विश्व वातावरण दिवसको अवसरमा संचालित पाँचदिने अभियानमुलक कार्यक्रमको आज समापन गरिएको छ । यु डब्लु एस नेपालद्वारा संचालित गुल्मी, संखुवासभा र ताप्लेजुङ जिल्लाका विद्यालयहरुमा ५ जुन २०२३ सोमबारदेखि शुक्रबारसम्म “Beat the plastic pollution” अथवा प्लास्टिकजन्य फोहोर निर्मुल गरौं भन्ने उद्देश्यका साथ विभिन्न चरणबद्ध कार्यक्रमलाई अभियानको रुपमा संचालन गरिएको थियो ।
अभियान अन्तर्गत यु डब्लु एस मातहत विद्यालयहरुमा सोमबार फोहोरमैला व्यवस्थापनको लागि विद्यालय क्षेत्रमा कुहिने र नकुहिने छुट्टाछुट्टै खाडल निर्माण, मङ्गलबार कुहिने, नकुहिने फोहोरका प्रकार सम्बन्धि विद्यार्थी र अभिभावकलाई सचेतना कार्यक्रम, बुधबार फोहोरमैला व्यवस्थापनमा 4R (Refuse, Reduce, Reuse, Recycle) र जङ्क फुडको असर बारेमा चेतनामूलक कार्यक्रम, बिहिवार विद्यालय क्षेत्रमा वृक्षारोपण र बिरुवा संरक्षण गर्न बार बन्देज, तथा पाचौं तथा अन्तिम दिन आज र्‍याली तथा वातावरण संरक्षण सम्बन्धी प्रतिस्पर्धात्मक कविता वाचन प्रतियोगिता गरि समापन गरिने पुर्व घोषित कार्यतालिका अनुरुप कार्यक्रम संचालन गरिएको यु डब्लु एस नेपाल गुल्मी शाखा शिक्षा अधिकृत अनुज सिग्देलले बताउनुभयो ।
शुक्रबार साझ सामाजिक सन्जालमा सन्देश पठाउदै सिग्देलले संस्थाको अभियानमा साथ दिने विद्यालय, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र अभिभावकलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । अभियानको समयमा पशुपति निम्न माध्यमिक विद्यालय मुसिकोट न.पा. ४ दजाकोट गुल्मिले पुर्व घोषित सबै कार्यक्रमको सफलता पुर्वक सम्पन्न गरेको छ। विद्यालयमा आयोजित समापन कार्यक्रममा अभिभावक, जोखिम न्यूनीकरण समिती, विद्यालय स्तरिय आमा समुहका पदाधिकारी, शिक्षक, विद्यार्थी लगाएतले वातावरण संरक्षण र प्लास्टिकजन्य फोहोर न्यूनीकरणका उपाय समेटिएका सन्देशमुलक प्ले कार्ड सहित र्‍यालिमा सहभागिता जनाएका थिए ।
त्यस्तै र्‍याली पश्चात अन्तरसदनात्मक कविता वाचन प्रतियोगिता सम्पन्न गरिएको थियो । विभिन्न पाँच समुहका गरि दश जना छात्र छात्रा सहभागी प्रतियोगितामा मनकामना सदनबाट सहभागी मनभुजा विक प्रथम भईन । त्यस्तै मनकामना सदनबाट सहभागी सविता रेश्मी द्वितीय र सालिमे तपोभुमी सदनका बिक्रम सर्तुङ्गे तृतीय हुन सफल भएका थिए । प्रतियोगितामा सफल हुने प्रतियोगिलाई टीका र पुरस्कार द्वारा सम्मान गरिएको थियो ।

प्रतियोगितामा शिक्षक बिष्णु घर्ती र शिक्षिका मुना विस्वकर्माले आफ्नो रचनामा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले प्लास्टिक जन्य फोहोरले मानवलाई मात्र नभएर पशु र अन्य सजिवलाई समेत हानी पुर्‍याउने बताउनुभयो । विद्यालयले मात्र वातावरण सफाईमा गरेको प्रयास पर्याप्त नहुने भएकोले प्रत्येक अभिभावकले पनि घरमा हुने फोहोरमैला व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।

विद्यालयमा संकलन हुने प्लास्टिकजन्य फोहोरबाट आमा समूह र समितिको सहजीकरणमा चकटी, सुकुल लगाएत सजावटका सामाग्री निर्माण गरिने उहाँले स्पष्ट पार्नुभयो । कार्यक्रममा विद्यार्थी कलाकार युनिक पेमि, जोनित गाहा, सुमन रकसकोटी, करुणा सर्तुङ्गे, प्रतिमा सर्तुङ्गे, तृप्ती राकसकोटी, शुष्मा बरम्ले लगायतले साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालय व्यवस्थापन समिती तथा जोखिम न्यूनीकरण समिती अध्यक्ष वालकृष्ण पुनको अध्यक्षता, शिक्षिका मुना विश्वकर्माको स्वागत मन्तव्य र यु डब्लु एस शिक्षक कृष्ण भट्टराईको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend