साझा नेटवर्क
साझा नेटवर्क,दाङ जेठ २६ ।
दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती, शान्तिनगर र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएको हो ।
तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएको छ । गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो । घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ ।
घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हो । बंगलाचुली गाउँपालिका पहाडी यरियामा पर्ने हुदा खासै गर्मी महसुस नभएकोले विद्यालय बन्द नगरिएको पालिकाले जनाएको छ ।
यस्तै अन्य दंगीशरण, बबई लगाएतका पालिकामा भने अझै भइनसकेको बताइएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend