साझा नेटवर्क
टेकराज थापा,बुटवल जेठ २६ । “हाम्रो गैरव, हाम्रो शान :समाज निर्माणमा युवाको अभियान” फिस पार्क नजिक रहेको खेल मैदानमा बिहिवार देखि दोस्रो पिस पार्क साँस्कृतिक तथा व्यवसायिक महोत्सव २०८० हिजो देखि सुरु भएको छ ।
कार्यक्रमको उद्घाटन बुटवल उप-महानगरपालिका १२ का वडा अध्यक्ष डिल्ली प्रसाद आचार्यको प्रमुख आतिथ्यमा समुद्घाटन गरिएको हो ।
महोत्सव जेठ २५ देखि असार १० सम्म चल्ने आयोजकले जनाएको छ । उक्त कार्यक्रमको लागि दर्जनौं राष्ट्रिय स्तरमा खेती प्राप्त चर्चित गायक/ गायिका मोडल हास्यकलाकार आउने भएका छ्न । समुद्घाटनको क्रममा विभिन्न समय समाजलाई सहयोग गर्ने सहयोगी विभिन्न संघ संस्था एवम् सामाजिक व्यक्तित्वलाईहरुलाई मायाको चिनोले स- सम्मान गरेको थियो । महोत्सवमा नेपालमा बनेका सामग्रीहरूको स्टल रहनेछन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend