logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पामा गाडी दुर्घटना, गुल्मीले गुमायो प्रतिष्ठित व्यक्तित्व


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

गुल्मी, असोज ८।
तानसेन बुटवल सडक खण्डको चर्चरेमा गएराती गाडी दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुगां बहुमुखी क्याम्पसका उप प्राध्यापक ४७ वर्षिय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षका रामप्रसाद पन्थ रहेका छन् ।
14462762_660403587460539_7654696218775868875_n
गम्भिर घाइते भएका गाडि चालक देवी पन्थीको लुम्विनी मेडिकल कलेजमा उपचार भैरहेको छ । गुल्मीको तम्घासबाट वुटवल जाँदै गरेको बा.१४.च ९३६४ नम्वरको स्कार्पियो गाडी सडकबाट करिब दुइ सय मिटर तल खसेको बताइएको छ ।  दुर्घटनामा मृत्यु भएका दुवैजना गुल्मीमा प्रतिष्ठित व्यक्ति हुन् ।

दुर्घटना प्रति गुल्मी क्षेत्र नम्वर दुईका सांसद तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन् । दुखद दुर्घटनाले गुल्मीका उज्वल तारा गुमाउनु परेको भन्दै भण्डारीले हरेक वर्ष बुटवल–तानसेन–तम्घास सडकबाट धेरै बन्धु–वान्धव गुमाउनु हाम्रो नियती बनिसकेको कुरा बिडम्वना रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend