logo
  • शनिबार, असोज १० २०८३

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गद्वारा “असल बुहारी सम्मान” कार्यक्रमको सुरुवात


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

साझा नेटवर्क,गुल्मी जेठ १५ ।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गले बुहारी सम्मान कार्यक्रम सुरु गरेको छ । बुहारीहरुले ज्येष्ठ नागरिकप्रति गरेको सेवाको आधारमा  असल बुहारी सम्मान कार्यक्रम आयोजना गरि नौ जना बुहारीहरुलाई सम्मान गरिएको हो ।पछिल्लो समयमा घरमा ज्येष्ठ नागरिकहरुप्रति गरिने सेवाको भाव कम हुँदै गएको छ । वृद्धवृद्धाले दु:ख भोग्नु परेको अवस्थालाई मध्यनजर गर्दै पालिकाकाे वडा नम्बर एकमा प्रोत्साहन स्वरुप बुहारी सम्मान अभियान सुरु गरिएको वडाध्यक्ष सुशील चन्दले बताउनु भयो ।

वडा कार्यालयले साविकका नौ वडाहरुबाट प्रतिनिधिमूलक रुपमा एक/एक जना असल बुहारीहरुलाई दाेसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको हो । वडा कार्यालयले गरेको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको निर्मला विष्टले बताउनु भयाे । उहाँले यस्ता कार्यक्रमले टोल छिमेकका अन्य दिदीबहिनीहरुलाई पनि थप हौसला प्रदान गर्ने बताउनु भयाे ।यस्तै, कार्यक्रममा उत्कृष्ट किसान, समाजसेवी, कर्मचारी, शिक्षक, उत्कृष्ट विद्यार्थी, खेलाडीलगायत विभिन्न समाजिक सङ्घ संस्थाका महत्त्वपूर्ण व्यक्तिहरुलाई समेत सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend