logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका सुरेश फ्युजन म्युजिकमा चर्चा बटुल्दै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कृष्ण बिसी , गुल्मी असोज ८ ।
पछिल्लो समय नेपाली गितसगिंतमा नया प्रयोग धेरै हुन थालेको छ । बिभिन्न बिधाका गितमा सबैखाले फ्युजन सहित गित बजारमा ल्याउने होडबाजीनै चलेको छ । गितसगिंतलाई आधुनिक बनाउने तथा छिट्टै दर्शक र श्रोताको माया बटुल्ने आशामा कलाकारले फरक धार भन्दै यस्को अभ्यास गर्न थालेका छन।

14470503_338470806486479_3648806174078998110_n

यस्तै फरक प्रकृतिका गित गाउदै छोटो समयमै चर्चा बटुल्न सफल भएका छन गायक सुरेश राना । उनले गाएका प्राय गित नाच्ने खालका छन भने त्यसमा म्युजिक,गायकी र ¥यापको प्युजन पाईन्छ । त्यस्को एक उदाहरण हो उनले गाएको पछिल्लो गित गोलो गोलो घेरो ।

बर्षा पाण्डेको एल्बमको रुपमा बजारमा आएको उक्त गितमा राजेन्द« भट्टको सगिंत रहेको छ भने गायक रानाको शब्द र स्वर रहेको छ । उक्त गितले बजारमा राम्रै चर्चा बटुलेको छ ।झट्ट सुन्दा फरक अर्थ लाग्ने शब्द भएपनि पछिल्लो युवा पुस्तालाई समेटने खालको गित बनेको गायक रानाको भनाई छ।

गितमा दुर्गेश थापा र चन्दा दाहाललाई ग्यालमरस ढगंले प्रस्तुत गरिएको छ । ४ बर्ष अघि गित सगिंतमा लागिपरेका गुल्मीको सिमीचौर निवासी रानाले गितसगिंतमा केही नया गर्ने भन्दै लागिपरेका छन । केही बर्ष भारतमा सगिंत सिकेर नेपाल फर्किएका सुरेश छोटो समयमै श्रोताको मन जित्न पाएकोमा खुसी भएको बताउछन ।

यस अघि पनि क्रेजी भो मन,चक्काजाम लगाएतका गित उनले बजारमा ल्याएका थिए ।त्यस्तै आगामी प्रस्तुतीका रुपमा देशभक्तीपुर्ण गित बिर गोर्खाली बजारमा ल्याउने अन्तिम तैयारीमा रहेको पनि उनले बताए । लामो समय भारतमा बिताएका गायक रानाले गितसगिंतमा जम्ने अठोट लिएका छन ।


भिडियो  हेर्नुहोस 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend