logo
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा १ लाख बढीको अवैध सामान नियन्त्रणमा


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा करिब १ लाख १० हजार ५ सय ६० रूपैयाँ बराबरको अवैध कपडा प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार बिहान प्रतापपुर गाउँपालिका वडा नं. ७ जगनाथपुर स्थितबाट अवैध रुपमा भन्सार छली भारतबाट नेपाल तर्फ मोटरसाइकलमा ल्याउदै गरेको बच्चाको सेन्डो भेष्ट ७०८ थान, साडी १६ थान, कुर्ता सुरवाल ५ थान,थान कपडा ३ थान र पानी तान्ने नल ४ वटा प्रहरी चौकी बसहियाबाट प्रहरी नायब निरिक्षक बासुदेव ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देखेपछि उक्त सामान सोही स्थानमा छाडी मानिस मोटरसाइकल लिई फरार भएका थिए। नियन्त्रणमा लिएको सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend