logo
  • शनिबार, असोज १० २०८३

गुल्मी सम्पर्क समाज भारतले राजनीति छोडेर सामाजिक कार्य गर्ने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

देबेन्द्र केसी, नयाँ दिल्ली जेठ ८ ।
गुल्मी-काँग्रेसको राजनीतिलाई प्रवासबाट सघाउ पुर्याउने उद्येश्यले खोलिएको गुल्मी सम्पर्क समाज (भारत)ले अबदेखि राजनीति नगर्ने भएको छ । हिजो सरोजनी नगरमा सम्पन्न कार्यसमिति बैठकबाट कुनैपनि पार्टीको राजनीति नगरि स्वतन्त्र रुपमा सामाजिक कार्य गर्ने निर्णय गरेको छ।
गतवर्ष तदर्थ समिति गठन गर्दा गुल्मी काँग्रेस पनि उत्साहित बनेको थियो । काँग्रेस गुल्मीका सचिव जगद्विश भट्टराईले समाजको पुर्ण बैठकमा दिल्ली आएर समाजलाई पुर्णता दिने बताउनु भएको थियो । तर हिजोको बैठकपछि समाजले कुनैपनि राजनीतिक जन्य तथा पार्टी जन्य कार्य नगर्ने निर्णय नै गरेको छ ।
सो बारे धारणा राख्दै समाजका तदर्थ समिति अध्यक्ष टिका बहादुर कार्कीले “बैठकमा समाजमा आबद्ध सदस्यहरुले राजनीतिक कृयाकलाप नगर्न अनुरोध गरेको र समग्र नेपाली राजनीति प्रति नै युवाहरुमा बिस्तृष्णा बढेकोले सो निर्णय गरेको” बताउनु भयो ।

निर्णय बारे जानकारी दिदै गुल्मी काँग्रेसकी नेतृ तथा सामाजिक कार्यकर्ता सुनिता जिसी कुंवरले “समाज समस्त गुल्मेलीहरुको साझा फुलबारी भएको र सबैको ऐक्यवद्धता जरुरी रहेको ” फेसबुक स्टाटस मार्फत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend