साझा नेटवर्क
गुल्मी, ७ जेठ । रेसुङ्गा नगरपालिका गुल्मीले नयाँ पदबहाली पछिको एकवर्षको मुख्य मुख्य कार्यहरुको रिपोर्ट कार्ड सार्वजनिक गरेको छ । आज रेसुङ्गा नगरपालिकाको आफ्नै सभाहलमा पत्रकार सम्मेलन गरी नगर प्रमुख खिलध्वज पन्थीले एकवर्षको कार्य प्रगति विवरण प्रस्तुत गरेका हुन । गतवर्षको जेठ ५ गते पदभार ग्रहण गरे पछिको एक वर्ष पुरा गरेको अवसरमा नगरपालिकाले सो विवरण पेस गरेको हो । नगरपालिकाले प्रस्तुत गरेको कार्य प्रगति विवरण यसप्रकार रहेको छ।
प्रशासनिक सेवा तर्फ
जन्म मृत्यू जस्ता व्यक्तिगत घट्ना दर्ता घरघरमै सेवा प्रवाह ।
१४ नं वडाको रातामाटामा वडा सम्पर्क कार्यालय स्थापना गरि सेवा परारम्भ
जिल्ला प्रशासन कार्यालय गुल्मीमा वैदेशिक रोजगारीका लागी आप्रवासन सेवा श्रोतकेन्द्र स्थापना ।
सेवाग्राहीको सुबिधा र सहायताको लागी सहायता कक्षको स्थापना ।
१४ वटै वडामा पञ्जिकरण सेवा प्रवाहलाई व्यवस्थित बनाउन VPN SOFTWARE सुचारु ।
आवधिक योजना तर्जुमा गोष्ठी गरि आवधिक योजना तर्जुमा ।
नगरपालिकाबाट सञ्चालन हुने विभिन्न कृयाकलापहरुको बारेमा आम नागरिकलाई सुसूचित, पारदर्शी र जनउत्तरदायी सरकारको भावना जागृत गराउन जनतासँग नगरपालिका रेडियो तथा टेलिभिजन कार्यक्रम सन्चालन ।
नगरपालिकाको गतिविधिहरुलाई सामाजिक सञ्जाल,एसएमएस तथा वेभसाइट मार्फत सार्वजनिक गरी सूचनाको हकलाई सुनिश्चित गराउदै नगरपालिकाको कार्यलाई पारदर्शी बनाइएको ।
नगरपालिकाको भष्ट्रचार शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै नागरिक मैत्री सेवाप्रवाहको व्यावस्था गर्दै नागरिकको आन्तरिक नियन्त्रण प्रणालीलाई थप व्यवस्थित गर्न कार्यविधि बनाइ लागु गरिएको छ ।
नगरपालिकालाई आवश्यक पर्ने जनशक्तिको लागि संगठानात्मक संरचना (O & M) तयार गरिएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता विकास गर्न क्षमता विकास योजना निर्माण गर्न लागिएको ।
थप १२ वटा कार्यविधि निर्माण गरिएको ।
वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुको पुनस् श्रम स्वीकृति सेवा प्रारम्भ ।

स्वास्थ्य तर्फ
मृगौला रोग पिडितहरुका लागि जिल्लामै पहिलो पटक मृगौला डायलिसिस उपकरण जिल्ला अस्पताल लाई हस्तान्तरण गरि सेवा प्रारम्भको तयारी ।
मोतियाविन्दुको निशुल्क अप्रेशन सेवा सुरु
जिल्ला उपचार केन्द्रमोतियाविन्दुको निशुल्क अप्रेशन सेवा सुरु
जिल्ला आँखा उपचार केन्द्रलाई करीब १२ लाख बराबरको टोनो मिटर हस्तान्तरण ।
जिल्ला अस्पतालमा हाडजोर्नी उपचार सेवा परारम्भ ।
जिल्ला अस्पताललाई करीब चालिस लाख बराबरको सिआर्म मसिन हस्तान्तरण ।
निशुल्क स्वास्थ्य शिविर सञ्चालन ।
जिल्ला अस्पतालबाट स्त्रीरोग विशेषज्ञ सेवा परारम्भ ।
वडा नं ८ खानी गाउँमा बैहिरंग उपचार सेवा केन्द्र स्थापना।
वडा नं ६ को भौगोलिक विकटतालाई मध्यनजर गरि जनतालाई स्वास्थ्यसेवा दिने उदेश्यले लप्सी शहरी स्वास्थ्य केन्द्र स्थापना ।
गर्भवती पोषण प्याकेज र एक तर्फी निशुल्क एम्बुलेन्स सेवा प्रदान ।

शिक्षा तर्फ
एस.ई.ई.मा ३.२ वा सो भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरुलाई अध्ययन प्रोत्साहन स्वरुप मासिक रु। ४०००/- छात्रवृती प्रदान ।
रेसुङ्गा बहुमुखी क्याम्पसको आर्थिक संकटलाई मध्यनजर गरि रु।१ करोड आर्थिक सहयोग प्रदान ।
१८ जना सडक बालबालिकाहरुलाई आचारण सुधार सिकाई शैक्षिक व्यावस्थापन ।
अभिभावक विहिन बालबालिकालाई विशेष सहयोग कार्यक्रम ।
लोकसेवा तथा शिक्षक सेवाका तयारी कक्षा संचालन ।
वडा नं १४ मा चारकोठे विद्यालय भवन निर्माण ।
किरण पुस्तकालयको व्यवस्थापन ।
१४ वटै वडामा पञ्जिकरण सेवा प्रवाहलाई व्यवस्थित बनाउन ख्एल् कयातधबचभ सुचारु ।
१५ करोड भन्दा बढीको लागत अनुमान गरि छात्राबास सहितको सुबिधा सप्पन्न भवन निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।
४ वटा ४ कोठे विधालय भवन निर्माणधीन।

कृषितर्फ
हाट बजारको पुन संचालनको लागी कृषि सहकारी सस्था संग सहकार्य गरि नियमित संचालनमा ।
उत्कृष्ट कृषक सम्मान कार्यक्रम ।
रैथाने बाली प्रबर्द्धन कार्यक्रम ।
निस्शुल्क कृत्रिम गर्भाधान र पशु विमा ।
स् कृषि तथा पशु पकेट क्षेत्र निर्धारण गरि कार्यक्रम संचालन ।
डिजिटल कृषि अवधारणा अनुसार नगर भित्र २७९० किसान घरधुरी सूचीकरण ।
१४ वटै वडामा ीबलम ग्कभ बलम न्भयमबतब दबकभ तयार गरि भु वर्गीकरण ।
पशु स्याहार तथा उपचार सेवा संचालन ।

पर्यटन तर्फ
चिदिचौर सौन्दर्यकरण कार्यको सुरुवात ।
रेसुङ्गामा पर्यटन प्रबर्द्धन लागि पर्यटन बोर्डमा दर्ता गरि राष्ट्रिय पर्यटनमा जोड्ने कार्यको आरम्भ ।
रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडानको लागि क्यान र नेपाल एयरलाइन्स संग सझौता गरि नियमित व्यवसायीक उडान सुचारु ।
नियमित नगर बजार क्षेत्र सरसफाइ अभियानको पुनः सरुवात ।
रेसुङ्गामा वृक्षारोपण कार्यक्रम ।
रेसुङ्गा नगरपालिका – १३ मा रेसुङ्गा होमस्टे स्थापना ।
रेसुङ्गा पर्यटन पार्क निर्माण सम्पन्न ।
बजार सौन्दर्य र सुरक्षाको लागि मास सडक बत्ति र सिसी टिभी जडान ।
फोहोरलाई मोहर बनाउने उद्देश्यले नगर क्षेत्र भित्रको फोहोरलाई फोहोर मैला व्यवस्थापन केन्द्र तथा उधोग स्थापना गरि प्रशोधन गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

पुर्वाधार तर्फ
। रेसुङ्गा नगरपालिका १० मा ठुलो समस्याको रूपमा रहेको ठुलागैह्रा पहिरो नियन्त्रणको लागि करि एक करोडको बारबरको काम भइरहेको ।
सालझण्डी सहायक राजमार्ग अन्तरगतको सिमिचौर खर्ज्याङ्ग सडकखण्ड अन्तरगतको करिब ३७ करोड बराबरको फाइल अगाडि बढाइएको छ ।
खाम्सेपानी-नयाँगाउँ-नादी -सुर्यटारी हुदै प्युठान सडकको ४८ करोड भन्दा धेरैको सडककालोपत्रे ।
रेसुङ्गा नगरपालिका- ४ मा करिब २५ करोड बराबरको बहु उद्देश्य सभा हल निर्माण सरुवात ।
तम्घास बजार क्षेत्रमा अक्स्फाल प्रविधिको पुनस् कालोपत्र ।
अव्यवस्थित सडक पेटिको व्यवस्थापन ।

भुमी हिन र अव्यवस्थित जग्गाको व्यवस्थापन प्रक्रिया अगाडि ।
११ मि। बराबरको विधुत पोल व्यवस्थापन गरि पुराना पोल र अव्यवस्थित पोल र तारको व्यवस्थापनको काम अन्तिम चरणमा पुर्याइएको ।
मोहोराइ राङबास सामुदायिक विधुतको लागि करिब ३२५ स्टिल पोल व्यवस्थापन ।
रेसुङ्गा नगरपालिका २ जिपपार्क र रे.न.पा ७ लबडाडा जोड्ने ३२५ मि.भन्दा लामो करिब ३ करोड बराबरको झोलुङ्गे पुल निर्माण ।
नगर कै गौरवको योजनाको रूपमा रहेको मझेङ्ग लिफ्ट खानेपानी। को प्रथम चरण करिब सम्पन्न दोश्रो चरणको कामको लागि थप पहल गरिएको छ ।
वटै वडामा ५० लाख बराबरको गौरवको योजना संचालन गरि निर्माण सम्पन्न ।
१२ ओटा सडकको स्तर उन्नति ।
नयाँ २ वटा लिफ्ट खा.पा. योजना सम्पन्न ।
नगरका विभिन्न वडाका विभिन्न स्थानमा सहरी विकास अन्तर्गतका कार्यक्रमबाट करीब ५० करोड बराबरको भौतिक विकास निर्माण टेण्डरभई निर्माण कार्यको शुभारम्भ ।
बेहोरे सडक कालोपत्रे ।


विविध कार्यहरु

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend