logo
  • शनिबार, असोज १० २०८३

श्रीमतीको हत्यापछि शव सेफ्टी ट्याङ्कीमा फाल्ने पक्राउ


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु जेठ ६ ।
श्रीमतीको हत्या गरी फरार रोल्पाका गर्भे विकलाई जेठ २ गते काठमाडौँमा पक्राउ गरिएको छ । गत फागुनमा श्रीमती केशु विकको हत्या गरी उनी फरार थिए । केशुको हत्यापछि शिवराज नगरपालिकाको चन्द्रौटाको निर्माणाधीन रिफ्रेश सेन्टरको सेफ्टी ट्याङ्कीमा शव फालेका थिए ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका विकलाई कपिलवस्तुमा ल्याइएको छ । उनी रोल्पाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ फगाम स्थायी बासिन्दा हुन् ।

केशुको शव फागुन २० गते सडेगलेको अवस्थामा फेला परेको थियो । हत्यापछि छोराछोरी लिएर गर्भे विक फरार रहेको प्रहरी उपरीक्षक प्रेम बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend