साझा नेटवर्क
गुल्मी,३ जेठ ।
रेसुङ्गा नगरपालिका गुल्मीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुलाई श्रम स्वीकृति र पुन:स्वीकृति दिने कार्यको थालनी गरेको छ । नगरपालिकाको रोजगार सेवा केन्द्रबाट उक्त सेवा दिन थालिएको हो ।
सरकारले वैशाख १ गतेदेखि वैदेशिक रोजगारीका लागि सबै प्रकारको श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाट भर्न सकिने व्यवस्था गरेको थियो । त्यसै अनुसार रेसुङ्गा नगरपालिकाले पनि जेठ १ गते देखि सेवा प्रारम्भ गरेको छ । यस सँगै वैदेशिक रोजगारीमा जानेहरुले राजधानीमा भोग्नु परेको सास्तीको अन्य भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको महिना मन्त्रीस्तरीय निर्णय गर्दै १ वैशाखदेखि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि स्थानीय तहका रोजगार सेवा केन्द्रबाट नै आवेदन दिन सकिने व्यवस्था गर्ने निर्णय थियो ।
श्रम मन्त्रालयको उक्त निर्णयअनुसार २०८० वैशाख ३ गतेबाट पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रमार्फत वैदेशिक रोजगारीमा जानेको अनलाइनबाट श्रम स्वीकृतिको आवेदन दिन थालिएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend