साझा नेटवर्क
रेडियो स्काई गुल्मी, असोज ७।
जिल्ला पशु सेवा कार्यलय गुल्मीको आयोजनामा आव २०७३/७४ मा संचालन हुने कार्यक्रमको सार्वजनिकरण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला पशु सेवा कार्यलयमा भएको कार्यक्रममा पशुजन्य उद्योगहरुको विवरण, पशुपक्षिंहरुको फर्म, पशुजन्य पदार्थको उत्पादन प्रस्तुत गरिएको थियो ।

त्यसैगरि पशु सेवा प्रसार, पशु स्वास्थ्य कार्यक्रम, नयाँ पकेट प्याकेज कार्यक्रम, आव २०७२/७३ को फलोअप कार्यक्रम, ब्यवसायिक फार्म सुढृढिकरण कार्यक्रम, पशु सेवा तालिम तथा प्रसार जस्ता जिल्ला पशु सेवा कार्यलय गुल्मीबाट आ व २०७३/७४ मा सञ्चालन हुने कार्यक्रमहरुको बारेमा जानकारी गराइएको थियो ।
जिल्लामा रहेको किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम, पशु विकास सेवा कार्यक्रम, मासु उत्पादन क्षेत्र, पशु आहारा क्षेत्र, बंगुर तथा कुखुरा पालन सहकारी कार्यक्रम, पशु स्वास्थ्य नियमन, राष्ट्यि पुननिर्माण प्राधिकरण कोष तथा पशु सेवा विभाग र बजारीकरणको बारेमा पनि जानकारी गराइएको थियो ।
अबको २०७३/७४ मा जिल्ला पशुु सेवा कार्यलयले कूल आठ कार्यक्रम मार्फत ७० करोड ६२ हजार खर्च गर्ने जनाएको छ । जस अन्तरगत प्रशासनिक बजेटमा १७ लाख ४६ हजार र कार्यक्रम बजेटमा ५ करोड २५ लाख ९२ हजार रकम खर्च हुने कार्यलयका कार्यक्रम प्रमुख डाक्टर गौरीमान श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ सस्थांका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम स्थानिय विकास अधिकारी डिलाराम पन्थीको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरको प्रमुख आतिथ्यता तथा पशु सेवा प्रविधिक टुकराज न्यौपानेको सञ्चालनमा सम्पन भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend