logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा २५६७औं बुद्ध जयन्ती मनाईयो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख २३।
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतारमा स्थापित विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा शान्तीका अग्रदुत भगवान गौतम बुद्धको २५६७ औ जन्म जयन्ती कार्यक्रम सभ्य र भब्य रुपमा मनाईएको छ । शुक्रवार दूतावासको सभाहलमा संघका अध्यक्ष मोहम्मद मुक्तताको सभापतित्व तथा डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा जयन्ती मनाईएको हो ।
दिप प्रज्वलन सहित ब्यानर अनावरण गर्दै अगाडी बढेको कार्यक्रम बुद्ध लामागुरुहरु गुर्बा लामा, बेन्दे लामा र अनिता लामाले पुजा अर्चना गर्दै शुभारम्भ गरिएको थियो । नेपाल मगर संघ शाखा कतार, तमु ( गुरुङ) समाज कतार, नेपाल प्रवासी तामाङ समाज, शेर्पा किदुगं दोहा कतार र थारु कल्याणकारी सभा कतार च्यापटरले पुजा अर्चनाको ब्यवस्थापन गरेका थिए ।
संघका उपाध्यक्ष जैबी चाम्लिङ राईको स्वागत मन्तव्य रहेको कार्यक्रममा ८७ वटा संघ सस्थांका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो । दोहामा स्थापित विभिन्न संघ-सस्थां लगायत विभिन्न तह-तप्काका पदाधिकारीहरुले शुभकामना मन्तव्य राखेका थिए भने बुद्ध धर्मको बारेमा सियाराम थारुले प्रष्ट पारेका थिए ।
आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी डा नरेश बिक्रम ढकालले भगवान बुद्धले दिएको अष्ट मार्गलाई मनन गरेर सम्पुर्ण मानव जाती हिडन सकेमा सुख,शान्ति र दुखबाट छुटकारा हुने बताउदै बुद्धको सन्देशलाई सबैले ब्यवहारमा लागु गर्न आग्रह गरेका थिेए ।

संघका सचिब एवं कार्यक्रम संयोजक रबिन मगरले सहजीकरण गरेको कार्यक्रम समापन गर्दै सभापति मुसलमानले गौतम बुद्धको बारेमा चर्चा गर्दै बुद्ध जन्मेको देश नेपाललाई बिश्व सामु चिनाउन सके बुद्द जन्मेको भुमी र देश प्रयटकिय स्थल बन्नसक्ने बताउदै सम्पुर्ण बुद्ध धर्मावलम्बी तथा नेपालीजनममा शुभकामना प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend