logo
  • शनिबार, असोज १० २०८३

नवलपरासीमा नेपाल-भारत सिमा नाका बन्द हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

 

सहबान अन्सारी,नवलपरासी, १९ बैशाख ।  नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न सिमा नाका आज देखी बन्द गरिने भएको छ । भारतको उत्तर प्रदेश महाराजगंज जिल्लामा बिहिवार नगर निकाय( स्थानीय निर्वाचन) लाई लक्षित गरी नवलपरासीको सीमा नाका मंगलवार बेलुुका ६ बजेबाट बिहिवार ६ बजे सम्म ४८ घण्टाको लागी बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।

जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा लगायतका सबै नाका बन्द हुने भएका छन जिल्ला प्रशासनद्वारा जारी सूचनामा सिमा नाका बन्द गर्ने र त्यस क्रममा पेट्रोलियम पदार्थ,एम्बुलेन्स,शव बाहन,दुध हरियो तरकारी,माछा भारत हुदै तेस्रो मुलुकबाट आउने पर्यटकहरु बाहेक अन्यको हकमा आवत जावत बन्द रहने उल्लेख गरिएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend