साझा नेटवर्क
नयाँ दिल्ली, भारत ।
नेपाली सम्मेलन दिल्लीले लेखक/कवि श्रीमती नैना सुब्बा बराईलीको कविता सङ्ग्रह ‘अचेत सपनाहरू’ पुस्तक प्रमुख अतिथि दक्षिण एसियाली विश्वविद्यालयका प्रोफेसर डॉ. युवराज पोख्रेलको उपस्थितिमा नयाँ दिल्ली स्थित गोर्खा भवनमा 30 अप्रिल, 2023 का दिन लोकार्पण कार्यक्रम सभ्यरूपमा सम्पन्न गरेको छ। यो उहाँको प्रथम संस्करण हो र अहिले यसमा 99 सङ्ग्रह रहेका छन्।
कार्यक्रममा उपस्थित गणमान्य व्यक्तिहरूलाई उहाँको छोरी शिखा बराईलीले शब्दद्वारा स्वागत गर्नु भएको थियो प्रमुख अतिथि डक्टर पोख्रेल ज्यूले आफ्नो मूल्याङ्कमा भन्नुभयो कविले समाजका सबै महत्वपूर्ण पाटो समेटे पनि हास्य-व्यंग्यको पक्षलाई छोड्नुभएको रहेछ साथै विमर्शकर्तालाई भन्नुभयो कि यस सङ्ग्रहमा जति धेरै विवाद खोज्नु हुन्छ उतिनै पाठकहरूमा यसलाई पढ्ने जिज्ञासा बढ्छ। पुस्तकको विषयमा अल इण्डिया रेडियोबाट सेवानिवृत्त र संस्था अध्यक्ष विष्णु बहादुर गुरङ्ग तथा समाज सेवी एवं लेखक उत्तम क्षेत्रीले विस्तारमा विचार-विमर्श र विश्लेषण गरेका थिए।
शुभकामना र बधाई दिने क्रममा कविका पति जय कुमार बराईलीले 90-को दशकमा उहाँ पहिलो पटक दिल्ली आउँदा एउटा घटनाको जानकारी गराउनु भयो जसमा अकादमीको गटेमा गैर-नेपालीले कसैलाई भनेको कि नेपाली में भी साहित्य होता है? त्यस्तो भनेको उहाँले सुनेको।
तत्कालीन साहित्य अकादमी र अकादमीमा नेपाली भाषाको स्थितिबारे पनि चर्चा गर्नुभएको थियो। उक्त कार्यक्रमको संचालन अल इण्डिया रेडियोकी उद्घोषिका श्रीमती रञ्जना खब्बास र कार्यक्रमको अध्यक्षता विष्णु गुरूङ्गले गर्नुभएको थियो। उपस्थित सम्पूर्ण महानुभाव पत्रकारहरू द्वारा बधाई र शुभकामना पश्चात कार्यक्रम सौहार्दपूर्ण वातावरणमा समाप्त भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend