logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा गुञ्जिए साहित्यकारहरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार वैशाख १६ ।
कतारमा स्थापित शेष घले समुहको गैर आवासिय संघ नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको साहित्य विभागको आयोजनामा साहित्य सर्जक कार्यक्रम सम्पन्न गरेको छ । सर्जक र साहित्य एक उपस्तिथि एक पुस्तक उपहार कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
कविका दर्जन कविता मध्यका कविद्वय खेमराज सुवेदीले नयाँ वर्ष नामक कविता वाचन गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा बाँसुरी वाधक ख्याम प्रसाद भट्टराईको बासुरी धुन सङ्गै कविद्वय खेमराज सुबेदीले दर्जन कविता जोडी कविता दिप मिलन शेरहरुमा, कविता टीका खडका , श्रेष्टा मुक्तक बिमल रेग्मीले पालैपालो रचनाहरु, मुक्तक, कविता वाचन गरेका थिए ।
धुर्वराज अधिकारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा चार सर्जक र एक बाँसुरी वाधकलाई संघले सभाहलमै सम्मानपत्र र पारिश्रमिक सहित सम्मान गरेको थियो । हलमा उपस्थित सम्पुर्णलाई संघले पुस्तक उपहार वितरण गरेको थियो ।
संघका अध्यक्ष सुरेश भट्टको सभापतित्व तथा धरम केसीको प्रमुख आतिथ्यमा रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी केसीले निकै फरक र पृथक भएको बताउदै कवि, साहित्यकार, सर्जकहरु समाज रुपान्तरणको लागि ज्योति छर्ने, चेतना भर्ने कार्य अत्यन्तै सह्रानीय भएको बताए ।

संस्थाका साहित्य विभाग प्रमुख पुछार घरेले सहजीकरण गरेको कार्यक्रममा सभापति भट्टले नेपाली भाषा र साहित्य कविहरु साधकहरु लगायत उपस्थित भएर हौसला प्रदान गर्ने सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो बाछिटा कविता वाचनसंगै कार्यक्रमको समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend