logo
  • शुक्रबार, असोज ९ २०८३

कतारमा चर्चित कलाकारहरु सम्मानित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार बैशाख १२ ।
कतारमा आफ्नो साँङ्गितिक प्रस्तुति दिन पुगेका तिन कलाकार एकै साथ सम्मानित भएका छन । सम्मानित हुने कलाकारहरुमा सर्वप्रिय लोक तथा दोहोरी गायक बद्री पङ्गेनी, जनवादी गायक/सर्जक जीवन दाहाल, लोक तथा दोहोरी गायिका माया गुरुङ रहेका छन ।तिनै जना कलाकारहरुलाइ प्रवासी नेपाली मञ्च, गन्डकी प्रदेश समन्वय परिषद, पाल्पाली सेवा समाज कतार र राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान कतार शाखाले एक सयुक्त कार्यक्रमको आयोजना गर्दै सम्मान तथा बिदाई गरेको हो ।सोमबार साझ मञ्चका अध्यक्ष प्रभात त्रिपाठीको अध्यक्षता तथा नेपाली समाजका अग्रज ब्यक्तित्व कमलमणी गुरॉगॉईको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सम्मान तथा बिदाई कार्यक्रममा प्रवासी मन्ञ कतार, लोक तथा दोहोरी गित प्रतिष्ठान कतार, गण्डकी समन्वय परिषद कतार र पाल्पाली सेवा समाज कतारले संयुक्त रुपमा कलाकारलाई दोसल्ला ओढाएर मायाको चिनो प्रमाणपत्र तथा मायाको कोसेली दिएर सम्मान गरेका थिए ।शुभकामना मन्तव्य  राख्दै कतारमा  पहिलो पटक आउन पाउँदा खुशीले हर्षित भएको बताउदै आफु यहाँ सम्म आउनको लागी प्रवासी मञ्च कतारले सहजीकरण गरेकोमा हार्दिक धन्यवाद सहित आफु सदैब ऋणी रहेको बताईन। जनगायक दाहालले आफुले सुनेको आफुले बुझेको कतार भन्दा निकै फरक बताउदै यहाँका सम्पुर्ण नेपाली समुदाय झनै सुन्दर भएको सुनाए र आफु जहाँ भएपनि कतारले दिएको माया सम्मान सद्भाव सदैब मनमा राखिरहने बाचा गर्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे ।शुभकामना मन्तव्य  क्रममा  गायक पगेंनीले आफु धेरै पटक कतार आईराखेको र अहिले पनि पुन कतारको माटोलाई छुने अवसर मिलेकोमा खुसी व्यक्त गर्दै कतारको मिठो मायाले आफु धेरै ऋणी भएको बताउदै सबैको माया र  साथले गित गाउने आफु, बाच्ने हौसला खुसी मिलेको बताए ।

सम्मान कार्यक्रममा प्रमुख अतिथी गुराराईले कलाकार भनेको समाजका गहना  समाजलाई निर्माण गर्ने चेतना दिने राज्यका बेथिति बिसङ्गती लाई सचेतना गराउने अंगहरु भएको बताउदै कलाकारलाई हाम्रो मुलुकलाई रेमिटान्स ले मात्र होइन मुलुक भित्रै बसेर मुलुकको क्रान्तीमा सहभागी हुने खालका जनचेतना मुलक गित गाईदिनको लागी आग्रह गरे ।

कार्यक्रमको सभा हलमा विभिन्न संघ-सस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो मञ्चका सचिब दिनेश तामाङले सहजीकरण गरेको कार्यक्रममा सभापति प्रभात त्रिपाटीले कार्यक्रमको समापन गर्दै प्रवासी नेपालीको दोस्रो जन-साँस्कृतिक कार्यक्रम सफल बनाईदिनुभएको बताउदै नेपालबाट आमन्त्रित कलाकारहरुलाई धन्यवाद दिदै स्थानीय कलाकार लगायत हलमा उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन प्रकट गरे।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend