साझा नेटवर्क
दर्शन सुनार, कतार वैशाख ४।
शनिबार दोहा स्थित कतार च्यारिटीको सभाहलमा अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारले रमजानको अवसरमा शुभकामना तथा ईफतार कार्यक्रम सम्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजान तथा नयाँ वर्ष २०८० को पावन अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत ईफ्तार कार्यक्रम सप्पन्न भएको हो ।
समाजका अध्यक्ष अजमत अलीको सभापत्तित्व तथा नेपाली राजदूतावासका महामहिम डा:नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता रहेको थियो कुरान तिलावत वाचन गरेर मौलामा मोहम्मद कमरले कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा धर्म गुरु मौलाना नाजिरले रमजानमा रोजा अनिवार्य भएको बताउदै रमजान ईस्लाम धर्मावलम्बीहरुको पाचौं स्तम्भ मध्य तेसो स्तम्भ भएको बताए ।
कार्यक्रमको सभा हलमा एनआरएनए विभिन्न बैचारिक, धार्मिक दोहामा स्थापित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु समाजसेवी,बुद्धिजिवीहरुको उपस्थिति रहेको थियो । मौलाना गुलाम नबिले नाथ सरिफको बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी ढकालले नेपालीहरुले सबै धर्मको सम्मान तथा सत्कार गर्ने बताउदै नेपाली चाड पर्वमा सबै समुदायलाई सधै खुसी देख्न पाईयोस भन्दै शुभकामना व्यक्त गरेका थिए ।
समाजका वरिष्ठ उपाध्यक्ष अख्तर हुसेनले स्वागत मन्तव्य राखेको कार्यक्रममा मौलाना मोहम्मद सईदले दुवा मागेका थिए । महासचिव ईक्वाल मियाले संचालन गरेको कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष अलीले रमजानमा सम्पुर्ण नेपाली समुदायको भाईचारा, माया र सद्भाव कायम रहोस भन्ने कामना गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend