logo
  • शुक्रबार, असोज ९ २०८३

एनआर एनए कतारले बृहत ईफ्तार कार्यक्रम सम्पन्न गर्यो


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दर्शन सुनार, कतार बैशाख ३ ।
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय कतारले रमजानको अवसरमा शुभकामना तथा ईफ्तार कार्यक्रम सप्पन्न गरेको छ । ईस्लाम धर्मावलम्बीहरुको पबित्र महिना रमजानको अवसरमा शुभकामना आदान-प्रदान तथा बृहत ईफतार कार्यक्रम आयोजना गरिएको हो । एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदाको सभापतित्व तथा कतारका लागि नेपाली राजदुत महामहिम डा नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा एनआरएनए आईसिसीका विभिन्न तहतप्काका पदाधिकारीहरु, बिभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि सङ्गै फिलिपिन्स, पाकिस्तान,भारतीय समुदायका प्रतिनिधिहरुको बिशेष आतिथ्यता रहेको थियो । त्यसतै कतार भ्रमणमा रहेका राष्ट्रिय सभा सदस्य मो खालिद मोहम्मदको बिषेष आतिथ्यता रहेको थियो । खालिदले आफ्नो शुभकामना मन्तव्यका क्रममा एक शब्दमा भगवानको आदेश, राष्ट्रको आदेश समाजको आदेशलाई मान्न सके नकारात्मक कुराबाट टाढा रहन सक्ने बताउदै हाम्रो देश विभिन्न जातजाती धर्म संस्कृति विभिन्न धर्मको सम्मान गर्ने बिस्वको उदाहरणिय देश रहेको बताए ।
संघका प्रथम उपाध्यक्ष जैवि राईले शुभकामना मन्तव्य राखेको कार्यक्रममा कुरानका बारेमा तेलावत मौलाना ईफतकारले प्रष्ट पारेका थिए । आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथी ढकालले दोहामा हुने हरेक नेपाली समुदायका कार्यक्रम कम गर्न र खर्च घटाउने आफ्नो मिसन रहेको बताउदै खर्च घटाउन सकियो भने राष्ट्रलागी हित हुने बताउदै सकेसम्म कार्यक्रम गर्दा स्वीकृति लिएर कार्यक्रम गर्न आव्हान गर्दै नयाँ बर्षको शुभकामना व्यक्त गरेका थिए ।
महासचिव पदम गिरीले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभापति मुसलमानले नेपाल चार जात छतिस बर्णको फुलवारि जात जाती धर्म संस्कृति भएको देश हाम्रो पहिचान बताउदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई पबित्र महिना रमजानको अवसरमा शुभकामना प्रकट गर्दै सबैलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend