logo
  • शनिबार, असोज १० २०८३

सरगम सन्जाल युबा क्लबको बार्हौ बार्षिक उत्सब भब्यताकोसाथ सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री,गुल्मी  बैशाख ०२ ।

गुल्मीको मदाने गाउँपालिका ०१, अग्लुङ्ग निपानेमा खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । “अनेकतामा एकता सरगमको सान ,मौलिक लोक सस्कृतीलाई जोगाउने हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सरगम सन्जाल युबा क्लबको बार्हौ बार्षिक उत्सब सम्पन्न भएको हो । चैत्र २९ गते बाट सुरु भएको कार्यक्रम बैशाख ०१ गते समापन गरिएको खेलकुद संयोजक सालिकराम राउतले बताए । नब बर्ष २०८० को अबसर पारेर चैत्र २९ र ३० गते अग्लुङ्गको साबिक वडा स्थरिय भलिबल खेल राखिएको हो भने बैशाख ०१ गते भलिबल फाइनल, नृत्य प्रतियोगिता साथै विविध कार्यक्रम राखिएको थियो । भलिबल तर्फ पहिलो पुरस्कार पन्ध्र हजार , दोस्रो दस हजार र तेस्रो पुरस्कार सात हजार रहेको थियो ।भलिबल प्रतियोगितामा मदाने भलिबल टिम “ए” झ्यानपानी प्रथम बनेको छ । न्यु प्रगतिशिल युबा क्लब पैयापाटा द्धितिय बनेको छ भने मदाने भलिबल क्लब अग्लुङ्ग तृतिय बनेको हो । त्यस्तै लोक नृत्य तर्फ पहिलो पुरस्कार चार हजार ,दोस्रो तीन हजार र तेस्रो दुई हजार रहेको थियो । प्रतियोगितामा ०६ समुह सहभागी रहेका थिए जसमा द सनराईज युबा क्लब ओख्लेदहको समूह पहिलो बनेको थियो । सरगम सन्जाल युबा क्लबले दोस्रो स्थान भने कल्पना र पुर्णिमा राउतको समुहले तेस्रो स्थान हात पारेको क्लबका सस्थापक अध्यक्ष लोकेन्द्र कुवरले बताए ।त्यस्तै कार्यक्रममा अन्य प्रतियोगिता र साँस्कृतिक कार्यक्रम समेत गरिएको थियो । साँस्कृतिक कार्यक्रममा लोक दोहोरी गायक अनिल खत्री , बिनोद बिष्ट , अनुप खनाल र सुनिल कुवर सहित स्थानीय कलाकारले पनि कार्यक्रमलाई भब्य बनाएका थिए । कार्यक्रमको अन्तिम दिन मदाने गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर कुवरको प्रमुख आथिथ्यता रहेको थियो ।उपस्थितिमा गाउँपालिका उपाध्यक्ष सरिता खड्का चन्द ,अग्लुङ्ग वडा अध्यक्ष सुशील चन्द ,स्थानीय अगुवा,अन्य जनप्रतिनिधि ,विभिन्न राजनीति दलको पनि रहेको साथै कार्यक्रम लोकेन्द्र बहादुर कुवरको सन्चालनमा सम्पन्न भएको हो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend