साझा नेटवर्क
दर्शन सुनार, कतार चैत २६ ।
गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले पत्रकार सम्मेलन सम्पन्न गरेको छ । संघ र कतारमा स्थापित विभिन्न संघ-सस्थांहरुले संयुक्त रुपमा आयोजना गर्न लागेको “नेपाली नया वर्ष २०८० विशेष वृहत साँस्कृतिक कार्यक्रम”को बारेमा जानकारी दिन सम्मेलन गरीएको हो ।
विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि संघको समन्वयमा दोहामा स्थापित थुप्रै संघसंस्थाको आयोजनामा नेपाली मेला सम्पन्न गर्न लागिएको सम्मेलनमा जानकारी दिईयो । दोहाको मुटु मानिने कतारको प्रयटकिय स्थल कर्नेसको फ्ल्याग जोनमा हुने कार्यक्रममा सागिंतिक प्रस्तुति दिन नेपालबाट पछिल्लो समय निकै चर्चित भाईरल गायिका एलिना चौहान, गायिका मेलिना राई, लोक तथा दोहोरी गायक श्याम राना, मोडल साक्षी लम्साल, त्यसै गरि कार्यक्रम प्रस्तोता विबेक लम्साल कतार आउने भएका छन ।
नेपालबाट आमन्त्रित कलाकार संगै कतारलाई कर्म थलो बनाईरहेकी चर्चित गायिका बबिता माझी र कतारमा स्थापित थुप्रै कलाकारहरुले आफ्नो सागींतिक प्रस्तुति दिनेछन । मेलालाई सफल बनाउन दोहाका सम्पुर्ण नेपाली संघ-सस्थालाई आग्रह गर्दै यो पटक हुने लागेको कार्यक्रम सभ्य, भब्य बनाउन सके नेपाली समुदायलाई आगामी दिनमा दोहाका थुप्रै प्रयटकिय स्थल खुल्ला ठाउमा कार्यक्रम गर्न सहजीकरण हुने संघका अध्यक्ष मोहमद मूक्तदाले बताए ।
८२ वटा देशको झन्डाहरु रहेको उक्त फ्ल्याग पलाजामा हाम्रो नेपाली समुदायले नेपाली कल्चरको कार्यक्रम गर्न पाउनु हाम्रो लागी गर्वको कुरा रहेको र उक्त ठाउमा कार्यक्रम गर्न पाउदा नेपाली समुदायको कला सस्कृती र पहिचान अन्तर्राष्ट्रिय स्तरमा देखाउन सकिने कुरा कार्यक्रमका संयोजक उत्तम गुरुङले बताए ।
यो कार्यक्रम संघको मात्र नभै दोहामा स्थापित सम्पुर्ण संघ सस्था र सम्पुर्ण नेपालीको प्रतिस्ठा संग जोडिएको कार्यक्रममा सस्थांगत सहभागी हुन चाहाने सस्थाहरुले ब्यक्तिको नामावली कार्यक्रम हुनु भन्दा अगावै एनसीसीमा बुझाउन आग्रह पनि गरे । कार्यक्रम २८ अप्रेल दिनको चार बजे देखी रातको १० बजेसम्म हुने भएको छ भने कार्यक्रममा प्रवेश निशुल्क रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend