logo
  • शनिबार, असोज १० २०८३

दुधको खोवामै गुजारा चलाउछन नौरगिंयाका पशुकृषक


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

प्रिन्स मिश्रा, कपिलवस्तु चैत २३ ।
कपिलवस्तुको बिजयनगर गाउँपालिकाको वडा नं ५ नौरगिंया र डालपुरमा ब्यवसायिक रुपमा दुधको खोवा बनाउदै अधिकांश स्थानियहरुले आफ्नो जिबिकोपार्जन गर्दै आएका छन । एउटै घरमा १० देखी ३० भैसीसम्म पाल्दै आएका स्थानियले दुधको परिकारबाट खोवा बनाउदै बिक्री वितरण गर्दै आएका छन । केही स्थानियले यिनै खोवा बनाउने भट्टामा दुध बिक्रि गर्दै आएका छन ।
यसले गर्दा यहाका स्थानियले दुध आफ्नै गाउँ वरपर बिक्री गर्ने गरेका छन । तर बजार भाउ भने निकै कम रहेको छ । जिल्लाका मूख्य बजारमा ८० रुपैया प्रतिलिटरसम्म दुध बिक्री हुन्छ भने गाउमा ५० देखी ६० रुपैयासम्म बिक्री हुदै आएको छ । यस्तै गाउँमा उत्पादन भएको खोवा स्थानियले बहादुरगञ्ज, कृष्णनगर, महाराजगञ्ज, तौलिहवा सम्म बेच्दै आएका छन ।
यसबाट आफनो दैनिक गुजारा चलाउन सजिलो भएको राजु यादबले बताउनुभयो । प्रतिकेजी ५ सय देखी ५५० रूपया सम्म खोवाको मूल्य रहेको छ । यसको बजारीकरणको भने समस्या रहेको स्थानियले बताएका छन । यसका लागि पालिका स्तरमै बिक्री हुने खालको बजार हुनुपर्ने उनीहरुको माग रहेको छ ।

खोवा बनाउने क्रममा धेरै दाउरा चाहिने भएकोले दाउराको ब्यवस्था गर्न पनि समस्या हुने गरेको स्थानिय कृषक मुकेश अहिरले बताउनुभएको छ । यस गाउँमा लुम्बिनी प्रदेश सरकारले भैसी श्रोत केन्द्र कार्यक्रम सञ्चालन गरेपछि भैसी पालनतर्फ झन कृषक आकर्षित भएका छन । यस गाउँमा ८० घरधुरीमा मात्र ९ सय ५० वटा भैसी पालन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend