logo
  • शनिबार, असोज १० २०८३

असिनाले खेतीबाली नष्ट गरेको प्रभावित क्षेत्रमा पुगेर मकैको बीउ बितरण गर्दै अध्यक्ष : गिरी


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

जोगिन्द्र मल्ल,प्युठान चैत्र १९ ।

गत चैत्र १३ गते भीषण असिना पानीले गौमुखी गाउँपालिका वडा न १ र २ अर्खा ३ रजवारामा कृषकले लगाएको सम्पुर्ण बालीनाली नस्ट गरेको थियो । कृषकहरुले लगाएका हिउदे अन्न बाली ,नगदे बाली ,तरकारी फलफूल खेतीमा क्षति हुदा किसानहरु निरास छन ।

किसानले मेहनत र परिश्रम गरि उत्पादन गरेको खेतीपाती असिनाले क्षती पुराएकोले तथ्यांक र क्षतिपूर्ति मुल्यांकन गरि बीउ उपलब्ध गराउने गौमुखी गाउँपालिकाले घोषणा गरे अनुरुप आज असिना प्रभावित क्षेत्रमा पुगि कृषकहरुलाई ७० क्विन्टल मकैको बीउ बितरण गरिएको छ ।गौमुखी १ अर्खामा २५ क्विन्टल ५९८ घरधुरी अर्खा २ मा २५ क्विन्टल ५८९ घरधुरी र ३ रजवारामा २०क्विन्टल ९०० घरधुरी गरि जम्मा २०८७ घर धुरीलाई उन्नत मकैको मनकामना ३ बिउ बितरण गरिएको छ ।

असिनाले खेतीपाती नस्ट गरेको प्रभावित क्षेत्रमा पुगेर मकैको बीउ बितरण गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी

प्राकृतिक प्रकोपले क्षती गरेको स्थलमा पुगेर मकैको बीउ बितरण गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले प्राकृतिक बिपत्ति बाजा बजाएर नआउने र गौमुखी गाउँपालिकाका केही वडामा भारी असिना पानीले पाक्दै गरेको गहुँ जहुँ भर्खर टुसाएका मकै अन्न बाली फलफूल तथा तरकारी खेतीमा पुराएको क्षती प्रती कृषकहरुको पीडामा आफू र गाउँपालिका परिवार दुखित भएको बताउदै गाउँपालिकाले तत्कालका लागि मकैको उन्नत बिउ उपलब्ध गराएको र गाउँपालिका जुन सुकै सहयोगको लागि प्रतिबद्ध रहेको एबम राहत तथा आबस्यक सहयोगका लागि ,प्रदेश र संघ सरकारलाई तथ्यांक संकलन गरि पठाउने र राहतको लागि पहल गर्ने बताउनु भयो ।

तस्विरहरु –

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend