logo
  • शनिबार, असोज १० २०८३

कार्यसम्पादन तथा शुशासनमा मुलुककै एक नम्बरमा दर्ज वाणगंगाको चैते भेल पनि नथेग्ने निर्माण !


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

सिर्जना आचार्य,कपिलवस्तु चैत्र १८ ।

पहिलो स्थानीय तहको कार्याकालमा कार्यसम्पादन तथा शुशासनमा मुलुकमै एक नम्बरमा दर्ज भएको कपिलवस्तुको वाणगंगा नगरपालिकाको विकास, यहाँका जनप्रतिनिधिले गर्ने क्रियाकलाप र अपरिपक्वताले बेलाबेलामा सर्वसाधारणलाई झस्काउँछ ।कहिले काठेपुलहरुको बेहाल, कहिले ६ महिनामै उप्कने पीच, कहिले छाडा चौपायको व्यवस्थापनमा असफलता, कहिले ल्याण्डफिल्ड साइटको अभाव त कहिले नदीजन्य पदार्थको चरम उत्खननका समाचार र दृश्यले नगरबासी झस्किरहन्छन् ।

यस्ता समाचार पछि नगरको सिंगो टोली तरङगित हुन्छ अनि केही गरेजस्तो गर्न जिर्देशन र वाचा दिन्छन् । यस्तै गर्दागर्दै पहिलो पाँच बर्ष सकियो भने अहिलेको लक्षण त्यो भन्दा पनि खराब छ । नगरले बिभिन्न शीर्षकमा पैसा दिएपछि कलम बाँधेका मिडियाले पनि के बोलून् ? के लेखून् ? नगरका विकृतिका कुनै खबर लेख्दैनन् । सबै विषय थामथुम हुन्छन् । सामसुम हुन्छन् ।

यही शुन्यताको विचमा फेरि नगरलाई गिज्याउने खालको अर्को तस्विर सार्वजनिक भएको छ । त्यो तस्विर हो वडा नम्बर ५ र ७ को सिमानामा बन्दै गरेको कजवे र डाइभर्सनको हो  । चैत्र महिनामा आएको भेलले यी संरचनालाई क्षति पुर्याएको छ । जसका कारण नगरको तीव्र आलोचना सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend