साझा नेटवर्क
रेसुङ्गा नगरपालिका गुल्मीले लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षा संचालन गरेको छ ।आ.व. २०७९/८० को निति तथा कार्यक्रम अनुसार नगरभित्रका युवायुवतीहरुलाई लक्षित गरी लोकसेवा तथा शिक्षकसेवा तैयारी कक्षा सञ्चालन गरेको हो । आज एक औपचारिक कार्यक्रम गरी नगर प्रमुख खिलध्वज पन्थीले उद्घाटन गरी विधिवतरुपमा संचालन भएको छ ।
उक्त लोकसेवा तथा शिक्षकसेवा तयारी कक्षाको लागि नगरभित्रका २२६ जनाले निवेदन दिएका थिए । जसमध्य लोकसेवा तर्फ १६२ र शिक्षकसेवा तर्फ ६४ जना सहभागी हुने भएका छन् ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख पन्थीले सहभागीहरुलाई शुभकामना दिदैं रुचिपूर्वक तयारी कक्षा लिन आग्रह गरेका थिए । नगरप्रमुख पन्थीले नगरको उदेश्यनै योग्य एवम् सक्षम युवा जनशक्ति उत्पादन गर्ने र बौद्धिक जनशक्ति पुँजी निर्माण गर्ने रहेकोले यो उदेश्य पुरा गर्न नगर सदैब कटिबद्ध रहेको बताए । सहभागी विद्यार्थीहरुलाई आजैदेखि सरकारी सेवा प्रवेश गर्नको लागि धृढ सकल्प लिन पनि अनुरोध गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend