logo
  • शनिबार, असोज १० २०८३

असिना पानीका कारण गौमुखीमा सम्पुर्ण बालीनालीमा क्षति


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

हिजाे सोमबार परेको असिना पानीले गौमुखी गाउँपालिका वडा न १ र २अर्खा ३ रजवारामा कृषकले लगाएको सम्पुर्ण बालीनाली नस्ट गरेको छ। कृषकहरुले लगाएका हिउदे अन्न बाली ,नगदे बाली ,तरकारी फलफूल खेतीमा क्षति पुराएको कृषकहरु बताउछन। गौमुखी गाउँपालिकाको ३ वटा वडामा बढी क्षती गरेको छ।

गौमुखी अर्खा २ मा कुलराज थापाको गोठ भत्कदा २ वटा बाख्रा मरेको र करिब २ फिट असिना जमेको वडा अध्यक्ष डाेर बहादुर रानाले बताउनु भयो।तेसै गरि गौमुखी ३मा नरेन्द्र मल्लले लगाएको कि वि नर्शरी खेती पुर्ण क्षती गरेको र कि बिका लागि गाडीएका पोल समेत भाचिएका र धलेका छन।

किसानले मेहनत र परिश्रम गरि उत्पादन गरेको खेतीपाती असिनाले क्षती पुराएकोले तथ्यांक संकलन गरि राहतका लागि आफुहरु लागि पर्ने कृषि शाखा प्रमुख हुमलाल न्यौपाने जानकारी दिनु भयो। प्राकृतिक बिपत्ति बाजा बजाएर नआउने र आज गौमुखी गाउँपालिकाका केही वडामा भारी असिना पानीले गहुँ जहु मकै अन्न बाली फलफूल तथा तरकारी खेतीमा पुराएको क्षती प्रती गाउँपालिकाले राहत र आबस्यक सहयोग गर्ने गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बताउनु भयो। लगाएका बालिनाली असिनाले ठुलो क्षति पुराउदा किसानहरु चिन्तित छन। क्षतिपूर्तिका लागि सबै पक्षको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend