logo
  • शनिबार, साउन ९ २०८३

लोक सँस्कृतिलाई बचाउ बाचौ गायक चन्दको केन्द्रिय सदस्यमा उमेदवारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी असोज ७ ।ramchandra-1

राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको आगामी नेतृत्वका लागि केन्द्रय सदस्यमा लोक दोहोरी गायक रामचन्द्र चन्दले उमेदवारी घोषणा गरेका छन् । महाधिबेनको लागी यति बेला बिभिन्न कलाकर्मीहरुले आफनो उमेदवारी घोषण गरेका छन् ।

यहि असोज ८, ९, १० गते काठमाडौंमा सम्पन्न हुने छैटौैं राष्ट्रिय महाधिवेशनमा केन्द्रि सदस्यमा गायक चन्दले उमेदवारी घोषणा गरेका छन् । बिगत लामो समय देखि जिल्ला अञ्चल हुदै आफुले गरेको अनुभव सगै कला संस्कृतिमा आफनो निरन्तताले यस क्षेत्रमा केहि गर्नु पर्छ भन्ने अबिभाराका साथ केन्द्रिय सदस्यमा उमेदवारी घोषणा गरेको बताए।

बिभिन्न समयमा संस्थामा लामो समय खटेर अमुल्य योगदान दिँदै आएको र आगामी दिनहरुमा पनि अबसर प्राप्त भए काम गर्ने अठोटआफुमा रहेकोले केन्द्रिय सदस्यमा आफनो उमेदवारी रहेको गायक चन्दको भनाई छ।

संगित क्षेत्र बलियो भरपर्दो र मर्यादित नभएर कलाकारहरु पनि बलियो नहुने भन्दै नेतृत्वबाटै केहि बलिया योजनाहरु अहिले संगित क्षेत्रमा दिनुपर्ने आबश्यकता रहेकोले आफनो केन्द्रि सदस्यमा उमेदवारी रहेको बताए ।

पछिल्लो समयमा बिग्रदो स्थितिमा रहेको लोक सँस्कृतिलाई जगेर्ना गर्नु र आगामी यात्रा पनि सबैको भरोसाको केन्द्र बनाई कला संस्कृतिको संरक्षण संबद्धन गर्नमा आफनो महत्वपूर्ण भुमिका रहने गायक चन्दको भनाई छ ।

प्रतिष्ठानको महाधिवेशनका लागि ६१ जिल्लाबाट २ हजारभन्दा बढी कलाकारहरु प्रनितिधिरुपमा सहभागी हुने प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend